सरस्वतीलाई पराजित गर्दै आर्मी शीर्षस्थानमा

 न्यूज विराट
सरस्वतीलाई पराजित गर्दै आर्मी शीर्षस्थानमा

काठमाडौं, पुस २४–विभागीय टिम त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जितमा एकमात्र गोल जर्ज प्रिन्स कार्कीले गरे । खेलको ३०औं मिनेटमा दिनेश हेन्जनको पासमा प्रिन्सले निर्णायक गोल गरेका थिए । सरस्वतीलाई दबाबमा राख्दै खेलमा कब्जा जमाएको आर्मीले गोलका थुप्रै अवसर सिर्जना गरेको थियो । तर, सिर्जित अवसर सदुपयोग गर्न नसक्दा झिनो अन्तरको जितमा चित्त बुझाउन वाध्य भएको हो । खेलको २५ औं मिनेटमा नवयुग श्रेष्ठ डीबक्स भित्रबाटै गोल गर्न चुके भने पहिलो हाफको इन्जुरी टाइममा किपर बिट भइसकेको अवस्थामा जर्ज प्रिन्सको प्रहार केही इन्चले पोस्ट बाहिर गयो ।

दोस्रो हाफमा पनि आर्मीले थुप्रै अवसर खेर फाल्यो । ५१ औं मिनेट जर्ज प्रिन्सले सरस्वतीका गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्दै गोलअन्तर दोब्बर गर्ने मौका गुमाए । खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिएका थिए । लिगमा चौथो जित निकालेको आर्मी ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा उक्लिन सफल भयो । ५ खेलमा ११ जोडेको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । सरस्वतीको भने यो लगातार पाँचौं पराजय हो । अंकतालिकाको पुछारमा रहेको सरस्वती लगातार ५ खेलमा पराजित भएको छ ।

सम्बन्धित समाचार

‘लक डाउन’ उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा

सरकारले ‘लक डाउन’ सुरु गरेको आज तेस्रो मोरङ प्रहरीले ८८ वटा विभिन्न सवारी साधा नियन्त्रणमा लिएको छ ।बुधबार लक डाउन उल्लंघन गर्ने २ सय बढी सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले बिहिबार अपराहन्न सम्म ८८...

स्वास्थ्य परीक्षणबिना नेपाली भित्र्याइँदा जोखिम बढ्यो

काठमाडौं। जेठ १६-भारतमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई...

एसईई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको...

विराटनगरमा २१ वर्षपछि नेपथ्य, उत्रियो जनसागर (फोटो फिचर)

विराटनगर । नेपाली सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले विराटनगरमा आयोजित कन्सर्टमा धमका मच्चियो । कार्यक्रममा यसपटक कीर्तिमानी दर्शकको उपस्थिति थियो । विराटनगरस्थित हाटखोला मैदानमा भएको कन्सर्टमा नेपथ्यको सांगीतिक...

ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग...

आरती स्ट्रिप्सका थप २१ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, साउन ३०-मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा थप २१ कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमा  बिहीबार कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बुढीगंगा...

विराटनगरका रंगपत्रकार प्रेम देवान सम्मानित

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले विगत लामो समयदेखी कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार एवंम चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष रहेका प्रेम देवान (लुङवा ) लाई सम्मान गरेको...

कोरोनाको खोप बन्ने आशा निराशामा बदलियो

एजेन्सी, बैशाख १२ -कोरोना भाइरसको संक्रमणमा एक प्रभावकारी एन्टस् भाइरल ड्रग असफल भएको छ । यो यसभन्दाअघि ¥यान्डम क्लिनिकल परीक्षणमा असफल भएको थियो । यसलाई लिएर संसारभरमा निकै आशा गरिएको थियो । यसको नाम रेमडेसिभियर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्