महाधिवेशनको मिति सर्दैन :देउवा

 न्यूज विराट
महाधिवेशनको मिति सर्दैन :देउवा

काठमाडौं, पुस २४–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनको मिति अघि सार्न नसकिने बताएका छन् ।असन्तुष्ट जिल्ला सभापतिहरुलाई आफ्नै निवासमा सम्बोधन गर्दै सभापति देउवाले महाधिवेशनका लागि तोकिएको २०७७ साल फागुनको मिति सार्न नसकिने स्पष्ट पारेका हुन् । उनले बहुमतबाट निर्णय लिएका भ्रातृ संगठन, विभाग र विधानका धारा निलम्बनका विषयमा भने असन्तुष्ट रामचन्द्र पौडेल पक्षसँग छलफल गर्ने प्रतिवद्धता जनाए ।

सम्बोधनका क्रममा देउवाले असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाप्रति समेत प्रश्न उठाएका छन् । उनले आफूले गरेका सबै निर्णयबाट पछि हट्न नसक्ने र त्यसो गरेमा पार्टी बलियो नबन्ने उल्लेख गरेका छन् । उनको भनाइ उद्धृृत गर्दै एक जिल्ला सभापतिले भने, ‘म निर्वाचित सभापति हुँ, मैले आफूले गरेका निर्णयलाई नै मान्न छाड्ने हो भने पार्टी कसरी चल्छ ? तपाईहरु पनि जिल्लामा निर्वाचीत सभापति हो, तपाईंहरूका निर्णयविरुद्ध पनि यसरी नै पराजित भएका उम्मेदवारहरूले भेला गरे भने के गर्नुहुन्छ ?’

जिल्ला सभापतिहरूले अहसहमतिबीच निर्णय गरिएको, विधानका धारा निलम्बन गरिएको भन्दै वरिष्ठ नेता र महामन्त्रीले नै छलफल गरेको बताएका थिए । उनीहरूले भ्रातृ संस्थाहरूले समेत पार्टी सदस्यता वितरण गर्न सक्ने व्यवस्था गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । आफ्नो संगठनमा सदस्यता वितरण गरेर महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थालाई पार्टी सदस्यता वितरण गर्न जिम्मा दिन नहुने उनीहरूको तर्क थियो । जिल्ला सभापतिहरूले आफूहरूका असन्तुष्टिका विषयमा सभापति देउवाको जवाफ माग्ने र स्पष्ट जवाफ नआएमा थप निर्णय गर्ने भेलाको नेतृत्व गरेका काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

माईभ्याली फुटवल क्लब क्वाटर फाइनलमा प्रबेश

इलाम, फागुन १६–इलाममा जारी छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्याली फुटवल क्लब क्वाटर फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फूटवल क्लबलाई शुन्यका बिरुद्ध २...

प्रतिनिधिसभा विघटनबारे आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ

काठमाडौं, २२ पुस-प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, अधिवक्ता दिनेश...

भारतीय स्कारपियोबाट १ सय २० केजी गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियोबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । आज विहान २ बजे सशस्त्र प्रहरी बल मोरङले विराटनगर १ नोबेल डेरीबाट १ सय २० केजी गाँजा बरामद गरेको हो...

विराटनगर आएर डा. शेखर कोइरालाले भने–देउवा पक्ष गलत मानसिकताबाट अघि बढीरहेको छ

विराटनगर, ६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्...

४० हजार बढीको कोरोना परीक्षण

काठमाडौं, १० वैशाख-अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेस्ट विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी)...

संखुवासभाको मादी हत्याकाण्डका चार जनालाई आजिवन कारावासको सयाज

विराटनगर, २१ असार । संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा चार जनालाई जिल्ला अखालत संखुवासभाले आजीवन...

जहदामा सुरुङ खनेर घरमा चोरी

विराटनगर / मोरङको जहदा गाउँपालिका–७ मा आइतबार राती ६ घरमा चोरी भएको छ । घरहरूमा सुरूङ खनेर चोरी गरेको जहदा गाउँपालिका ७ का वडाअध्यक्ष भगवान मरण्डीले जानकारी दिए । सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन,...

१० माघदेखि हिसान खेलसप्ताह हुने, ३० हजार विद्यार्थीले भाग लिने

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म खेलसप्ताह गर्ने भएको हो ।गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्