राशिफल

विराटनगर आएर डा. शेखर कोइरालाले भने–देउवा पक्ष गलत मानसिकताबाट अघि बढीरहेको छ

 न्यूज विराट
विराटनगर आएर डा. शेखर कोइरालाले भने–देउवा पक्ष गलत मानसिकताबाट अघि बढीरहेको छ

विराटनगर, ६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्।

सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् । १४ औं महाधिवेशन निष्पक्ष र धाँधलीरहित भनेर सभापति देउवाले भने पनि त्यसविपरीतका गतिबिधि भइरहेको उनले दवी गरे ।

सभापतिकै निर्देशनमा निर्वाचन समिति गलत तरिकाले अघि बढेको उनले आरोप लगाए । देउवाको गृह जिल्ला डडेल्धुरामा ३ जना निर्वाचन अधिकृत परिवर्तन गरेर अधिवेशन गराइएको घटनाबाटै अधिवेशन कसरी भइरहेको स्पष्ट हुने कोइरालाले बताए ।

डडेलधुरा र सर्लाहीको निर्वाचनले निर्वाचन समितिमाथि प्रश्न उठेको कोइरालाको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा नै कुटपिट गरेर चुनाव गराइएको आरोप लगाउँदै उनले सभापति देउवा पक्ष गलत मानसिकताबाट अगाडि बढेकै कारण तोकिएकै समयमा महाधिवेशन नभएको दावी गरे ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...