कालापानीको भू–भाग भारतलाई लिजमा दिनुपर्छ : सुजता कोइराला

 न्यूज विराट
कालापानीको भू–भाग भारतलाई लिजमा दिनुपर्छ : सुजता कोइराला

काठमाडौ, पुस २२–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा व्यक्त गरेकी छिन् । आइतबार राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ कोइरालाले नेपाली भूभागमा व्यपार गर्न भारत इच्छुक हो भने लिजमा लिँदा हुने बताइन् ।

उनले भनिन्,‘ नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ, यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन् । यसको लागि दुवै पक्षबीच वार्ता गर्नुपर्छ । नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो त्यो भएको छैन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्यो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको भन्दै उनले नेपालले पनि वार्ताको सम्वादलाई अघि बढाएर त्यासबाट फाइदा लिनु पर्ने बताइन् । उनले भनिन्,‘ हामी त्यो भू–भागलाई विकास गर्न सक्दैनौ, त्यसैले भारतलाई लिजमा दिएर त्यसबाट फाईदा लिन सक्छौं । ’ उनले अहिले कांग्रेसको भारतसँगको सम्बन्ध बिग्रेको टिप्पणी गर्दै भनिन्,‘भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भनेर हिँड्ने मान्छे मै हुँ । हाम्रो पार्टीमा भारतसँग मिलाउने व्यक्ति पनि मै हुँ, तर पार्टीले मलाई अहिले कुनै जिम्मेवारी दिएन।’ सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक भएर बस्नुपर्ने सुझाव दिँदै उनले पार्टीको नेतृत्वमा अब नयाँ पुस्ता र नयाँ फेश आउनु पर्ने बताइन् ।

सम्बन्धित समाचार

ठगी मुद्दामा एक वर्ष तीन महिना कैद र ४० हजार जरिवना गरेको फरार अभियुक्त पक्राउ

विराटनगर । ठगी मुद्दाका फरार प्रतिवादी रंगेली नपा ६ वस्ने वर्ष ३९ का रंजित कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले एक वर्ष तीन महिना कैद सजाय र ४० हजार रुपैयाँ...

फाइनलमा त्रिभुवन आर्मी क्लब

विराटनगर । चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेका छन् ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको...

सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोलीसहित चार टिम पुगेको छ । शनिबार लिग चरणमा आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा पुगेको हो । लिग चरणमा सबै समिकरण...

विराटनगर–२ मा ९ सय ३७ परिवारलाई राहत वितरण सुरु

विराटनगर, चैत २६–विराटनगर महानगरपालिका–२ नं. वडा कार्यालयले दैनिक ज्यादादारी मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको । सो वडाका ९ सय ३७ घरधुरीलाई वडा कार्यालय मार्फत राहत वितरण गर्न सुरु गरिएको हो ।...

डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना

एजेन्सी, १८ कात्तिक-डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेल अघि गरिएको परीक्षणमा आयाक्सका ११ जना खेलाडीमा कोरोना देखिएको हो । आयाक्सले आफ्ना टिमका...

बीपीमा तेह्रथुमका ३१ वर्षीय संक्रमित पुरुषको मृत्यु

विराटनगर, १९ असोज-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो...

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

देशभर थपिए ४४९९ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित

काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्