२ सय शैयाको अस्पताल खोल्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री ओली

 न्यूज विराट
२ सय शैयाको अस्पताल खोल्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज परिवर्तनका लागि ठूला सपना देख्नुपर्ने र ती सपना व्यवहारमा उतार्न सकिने बताएका छन् ।

मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘केही नभएको ठाउँमा दुई सय शैयाको अस्पताल खोल्नु ठूलो उपलब्धि हो। सम्मानपूर्वक ढंगले गरिबले उपचार पाउने छन्, त्यसर्थ म अत्यन्त खुसी छु।’ प्रधानमन्त्री ओलीले तीन सय शैय्यामा विस्तार गरी अस्पताललाई भविष्यमा मेडिकल कलेजमा रूपान्तरण गर्ने योजना रहेको उल्लेख गर्दै भने, ‘तीन सय बेड पुर्‍याएपछि मेडिकल कलेज पनि पुर्‍याउन सकिन्छ। सरकारले तपाईंहरूलाई प्रोत्साहन र आत्मविश्वास बढाउन जे आवश्यक सहयोग हो, गर्न तत्पर छ।’ उनले प्रतिनिधिसभा सदस्य तथा अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलको प्रशंसा गर्दै भने, ‘आज धेरैलाई सम्मान गर्नुपर्ने थियो, तर छुट भयो। म स्पष्ट भन्न चाहन्छु, आज सम्मान योगेन्द्र मण्डललाई दिनुपर्ने हो। त्यो सम्मान अर्को दिन दिनुपर्छ।’ प्रधानमन्त्रीले उद्यमशीलता केवल कुरा गरेर नभई काम गरेर देखाउन सकिने धारणा व्यक्त गरे ।

‘उद्यमशीलताको कुरा गरेर हुँदैन, कामले हुन्छ,’ भन्दै उनले यस अस्पतालमार्फत समाजमा परिवर्तन ल्याउने अभियानको खुलेर प्रशंसा गरे । उक्त अस्पताल सामाजिक व्यवसायको भावनामा आधारित भएर पूर्वी नेपालका गरिब र सीमान्तकृत समुदायलाई गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना गरिएको हो। प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा आयोजित कार्यक्रममा योगेन्द्र मण्डलसहित स्थानीय अगुवा, जनप्रतिनिधि र समुदायले स्वागत गरेका थिए।

सम्बन्धित समाचार

अन्योलमा प्रदेशसभा अधिवेशन

कोरना भाइरस (कोभिड— १९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्योलमा परेको छ । यही १३ चैतमा सूचना टाँस गरेर स्थगित भएको बैठक लकडाउन लम्बिँदै गएपछि निरन्तरता पाउने...

स्थायी कमिटी बैठकमा जनार्दनको विशेष प्रस्ताव (प्रस्तावसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले छलफलका लागि विशेष प्रस्ताव पेस गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई सम्बाेधन गर्दै पेस गरेको विशेष प्रस्तावमा उनले सरकारले ‘संघीय लोकतान्त्रिक...

सनसिटीका एकै परिवारका २ जनामा कोरोना देखिँदा १ जनामा भने दोस्रो पटक पनि नेगेटिभ

काठमाडौं, ३ वैशाख-काठमाडौंको पेप्सीकोला टाउनप्लालिङमा रहेको सनसिटी अपार्टमेन्टमा गरिएका र्‍यापिड टेस्टमा २९८ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा सनसिटीमा गरिएको र्‍यापिड टेस्टमा २९८ जनाको नेगेटिभ...

चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन्...

एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा...

मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।संघमा...

२ वर्षमा प्रदेश १ मा विदेशी लगानी भित्र्याउन सरकार सफलः मुख्यमन्त्री राई

विराटनगर, माघ ३–प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुईवर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको बताएका छन् । विराटनगर स्थित मुख्यमन्त्री कार्यालय परिसरमा आज विहान आयोजित प्रदेश सरकारको दोश्रो वार्षिकउत्सव...

माथिल्लो तामाकोसीको बाँध परीक्षण सफल

निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधको परीक्षण सफल भएको छ । आइतबारसम्ममा बाँधमा पानी जम्मा गरेर गरिएको परीक्षणको क्रममा कतैबाट पनि पानी चुहावट नभएपछि बाँधको परीक्षण सफल भएको हो । अघिल्लो सोमबारदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्