राशिफल

सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

 न्यूज विराट
सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

काठमाडौं, पुस १०–आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्नेछ । ग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहेनछ ।

करिब ६ वटा ग्रह एकै स्थानमा रहने हुनाले पनि यसलाई विशेष रुपमा हेरिएको छ । यो एकदमै दुर्लभ खगोलीय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्छ । विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कन्या, वृष, मिथुन र मकर राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुदाँ सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । कर्कट, तुला, कुम्भ तथा मीन, राशि हुनेहरुका लागि भने विशेष फाइदा रहनेछ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...