९ करोड भ्रष्टाचारलाई राजनीतिक रङ दिँदै गच्छदार

 न्यूज विराट
९ करोड भ्रष्टाचारलाई राजनीतिक रङ दिँदै गच्छदार

काठमाडौं, माघ २३–बालुवाटारस्थित ललिता निवासको जग्गा खरिदबिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उपसभापति विजय गच्छदारले आफूविरुद्धको अभियोगलाई राजनीतिक रङ दिने प्रयास थालेका छन् । १३ पटकसम्म मन्त्री भइसकेका गच्छदारविरुद्ध हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता भएपछि आक्रोशित बनेका नेता गच्छदार भ्रष्टाचार अभियोगलाई राजनीतिक रङ दिन जुटेका हुन् । आज बिहानै कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेर गच्छदारले राजनीतिक रूपमा सामना गर्ने विषयमा छलफल गरे । देउवासँग छलफललगत्तै उनले पार्टीका विभिन्न केन्द्रीय पदाधिकारी र प्रभावशाली नेताहरूसँग छलफल गरिरहेका छन् । भ्रष्टाचार मुद्दालाई राजनीतिक रङ दिन उनी कांग्रेस मुख्यालय पुगेर युवा र विद्यार्थी नेतासँग पनि छलफल गरिरहेका छन् ।

आफूविरुद्ध मुद्दा दायर गरेर सरकारले राजनीतिक प्रतिशोध लिएको भन्दै उनले पार्टीका विद्यार्थी र युवा नेतालाई उचालिरहेका छन् । गच्छदारले नेविसंघ अध्यक्ष राजीव पराजुली, तरुण दल अध्यक्ष जीतजंग बस्नेत, महिला संघ अध्यक्ष उमा रेग्मी, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारीसँग छलफल गरेका छन् । गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका नेताहरूसँग पनि आफूलाई लागेको भ्रष्टाचार मुद्दाको राजनीतिक रूपले सामना गर्न आव्हान गरिसकेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College