गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा निस्केको शेखर कोइरालाले भनाइ

 
गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा निस्केको शेखर कोइरालाले भनाइ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको बताएका छन् ।नेपाली कांग्रेस तरुण विभाग मोरङले बुधबार विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्य गर्न आफूले देश दौडाहा गरिरहेको बताए । उनले कांग्रेसभित्र गुट रहने हो भने त्यसले कांग्रेसलाई नै समाप्त पार्ने र लोकतन्त्र पनि धरापमा पर्ने बताए। उनले पार्टी्भित्र आन्तरिक द्वन्द्व कायमै रहेको पनि बताएका थिए।

उनले कांग्रेसमा अब गुट नभई बिचारको राजनीति आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले गुटको अन्त्यको सुरुवात मोरङबाट नै गर्नुपर्ने आवश्यक रहेको बताए। कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बुले गुटको राजनीति अन्त्य हुन नसके कांग्रेस नै समाप्त भएर जाने बताए । कार्यक्रममा सहभागी युवाहरुले तरुण युवाहरुलाई नेतृत्व दिन आग्रह गरेका थिए । कार्यक्रममा ५० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

न्यूरो हस्पिटलले मनायो २४ औं वार्षिकोत्सव : हप्तादिन ओपीडि निःशुल्क, २४ वटा बिशेष जाँचमा छुट

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालीटी अस्पतालले २४ औं बर्ष पुरा भएको अवसर विभिन्न कार्यक्रम आयोजना गरेको छ । अस्पतालले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी २३ औं वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको अवसरमा अस्पतालले...

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ४–विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास...

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...

रतुवामाईमा भदौ १० गेतेसम्म लकडाउन, ५० बेडको आइसोलेसन बनाइने

विराटनगर, ३० साउन–समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाको सम्पूर्ण नगरक्षेत्रमा आगामी भदौ १० गतेसम्मका लागि बन्दाबन्दी(लक डाउन) गरिएको छ । यस अघि साउन ३० गतेसम्म गरिएकोमा थप गर्दै भदौ १०...

मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित

विराटनगर, २० पुस । मोरङ व्यापार संघको कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारी दर्ता गर्ने समयसीमा सकिँदा संघको ३३ औँ कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ...

युवाको जीत सँगै बिउँझिएका आशाहरु

ज्योति अधिकारी मोरङ क्षेत्र नं ६ (क) मा प्रदेश सभा सदस्य निर्वाचित हुनु अघि नै जीवन आचार्यले त्यस क्षेत्रको विकासका काममा समर्पित गराएका थिए । अघिल्लो पटक चुनाव हारेर पनि उनले यस क्षेत्रका लागि केन्द्रबाट...

६ हजार बढीले अवलोकन गर्दै सकियो तेस्रो नेवा : महोत्सव

विराटनगर । तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट सम्पन्न भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र भएको तेस्रो नेवाः महोत्सव शनिबार सम्पन्न भएको हो ।...

आलटाल नगरौं, गठबन्धन टुट्छ भने एमसिसी तु पारित गरौँ : बाबुराम भट्टराई

काठमाडौं, माघ १७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्