कर्णालीमा कोरोना संक्रमितको संख्या ५ सय ८७ - News Birat

कर्णालीमा कोरोना संक्रमितको संख्या ५ सय ८७

न्यूज विराट

सुर्खेत, २४ जेठ-कर्णाली प्रदेशमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ सय ८७ पुगेको छ । शुक्रबार १ सय थपिएपछि कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको थियो ।

आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

सुर्खेत र प्रतिष्ठान जुम्लामा आरडीटी पीसीआर परीक्षणबाट आज दैलेख दुल्लु नगरपालिकाका–३, दैलेख महावु गाउँपालिका-१ मा २९ जनासहित ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।

त्यसैगरी डोल्पा जगदुल्ला गाउँपालिकामा १, जाजरकोट बारेकोट गाउपाँलिकास्थित इलाका प्रहरी कार्यालयका एक जना सुरक्षाकर्मीसहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जनाए ।

उनका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा १, भेरीगङ्गा नगरपालिकामा ४, गुर्भाकोट नगरपालिकामा १ र पञ्चपुरी नगरपालिकामा ३ जनागरी ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, वनगाड कुपिण्डे नगरपालिका सल्यानको १ देखि ७ वडाका ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाको आज सार्वजनिक तथ्याङ्कअनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका २, जाजरकोट बारेकोट गाउँपालिकाका १ र दैलेख महाबु गाउँपालिकाका ४ गरी ७ महिलामा समेत कोरोना संक्रमण देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles