स्थानीय सरकारको सक्रियता, वडा नं. ४ मा विकासले तीव्रता पायो
शुक्रबार, ०४ माघ, २०७५,
न्यूज विराट
पथरीशनिश्चरे वडा नं. ४ राधाकृष्ण मन्दिर दक्षिण सख्वारा जाने सडकमा पर्ने कल्भर्टको शिलान्यास गर्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सचिव दीर्घराज रायलगायत उपभोक्ता समिति ।
शनिश्चरे । केही दिनअघि कुशलबजार पूर्व पिप्ले खोलामा पुल निर्माण गर्न भागवत पासवानको अध्यक्षतामा एक निर्माण उपभोक्ता समिति गठन भयो । पूर्व सभासद लालबहादुर सुस्लिङ, वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडासदस्य खड्गबहादुर मगरलगायतको उपस्थितिमा रविन मगर सचिव रहने गरी ९ सदस्यीय समिति चयन गरेको हो ।
सिरिसे डाँडा पूर्व किर्तिपुर जोड्ने एक कि.मि. बाटो स्तरोन्नतीको शिलान्यास गर्दै वडाध्यक्ष भण्डारी र उपभोक्ता समितिका पदाधिकारीहरु ।
पिप्ले खोलामा पुल निर्माणका लागि पथरीशनिश्चरे वडा नं. ४ ले आर्थिक वर्ष २०७५÷७६ को वजेटबाट २४ लाख रुपैयाँ छुट्याएको थियो । सोही भेलाले पूर्व सभासद लालबहादुर सुस्लिङको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति समेत गठन गरेको थियो ।
पुल निर्माणका लागि वडाले विनियोजन गरेको २४ लाख रुपैयाँ पर्याप्त नभएकोले बाँकी ४ लाख रुपैयाँ नगरसंगको सहकार्यमा सम्पन्न गर्ने लक्ष लिइएको वडाध्यक्ष भण्डारीले बताए । यस्तै उक्त पुल निर्माण भएपछि साप्ताहिक रुपमा लाग्ने पथरीशनिश्चरेकै सबैभन्दा ठूलो पशु बजार कुशल बजारलाई मद्दत पुग्ने उनको भनाई छ ।
कुशल बजारपूर्व पिप्ले खोलामा पुल निर्माणका लागि उपभोक्ता समिति गठनका लागि छलफल गर्दै पूर्व सांसद लालबहादुर सुस्लिङ, वडाध्यक्ष भण्डारी र स्थानीय ।
यस्तै, प्रगतिटोल राजकुमारी माझीको घरछेउबाट भविन्द्र थापाको घरहुँदै दक्षिण जाने बाटो स्तरोन्नतिका लागि घमण्डबहादुुर ठकुरीको अध्यक्षतामा अर्को निर्माण उपभोक्ता समिति गठन भएको छ । जसमा नेत्रबहादुर कार्की सचिव, हिमादेवी बस्नेत थापा कोषाध्यक्ष रहने गरी ९ सदस्यीय निर्माण उपभोक्ता समिति गठन भएको हो । उक्त कामको अनुगमन तथा मूल्यांकनका लागि भविन्द्र थापा संयोजक रहने गरी तीन सदस्यीय अनुगमन समिति समेत चयन गरिएको छ । सो बाटो स्तरोन्नतिका लागि वडाबाट ३ लाख रुपैयाँ विनियोजन भएको छ ।
सोही भेलाले स्थानीय सामुदायिक महिला भवनको अधुरो काम सम्पन्न गर्न भोलानाथ रिजालको अध्यक्षतामा निर्माण उपभोक्ता समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा पुष्पराज दाहाल, सचिवमा खगेन्द्रप्रसाद गौतम, कोषाध्यक्ष मीना गौतम चयन भएका छन् ।
उक्त सामुदायिक महिला भवन निर्माणका लागि वडाले ५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
एकै दिन दुईवटा योजना शिलान्याश
वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले शनिबार दुईवटा योजनाको शिलान्यास गरेका छन् । जसमा राधाकृष्ण मन्दिरदेखि दक्षिण सख्वारा जाने बाटोमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । वडाले विनियोजन गरेको ३ लाख ५० हजार रुपैयाँबाट निर्माण हुन लागेको कल्भर्टको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सिलान्याश गरेका हुन् । उक्त कल्भर्ट निर्माणका लागि महेश कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ ।
सोही दिन वडाध्यक्ष भण्डारीले सिरिसेडाँडाबाट सिरिजंगा चोक जोड्ने करिव एक किलोमिटर बाटो स्तरोन्नती गर्ने कामको शिलान्यास गरेका छन् । बाटो मर्मत र ग्राभेल गर्नका लागि वडाबाट ४ लाख रुपैयाँ विनियोजन भएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । भण्डारीले उक्त बाटो स्तरोन्नती भएपछि पथरीशनिश्चरेकै पुरानो किर्तिपुर बजारसम्म आवत जावत गर्न सहज हुने बताए ।
विराटनगर, ६ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार दिउँसो निधन भएको हो । स्वास्थ्य...
काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए । ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम...
विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...
विराटनगर । मोरङको लेटाङ नगरपालिका – ९ स्थितमा रहेको तेली खोलाको निर्माणाधिन पुलमा दुर्घटनामा परी ओभरसियरको मृत्यु भएको छ ।को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका(१४...
सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेस गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को ११ माघमा बसेको बैठकले...
विराटनगर । आदीवासी जनजाति सामुदायलाई उद्घोषण एव आदिवासी जनजाती अधिकार विषय सात दिने तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको...
गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ९ सय ४७ को पीसीआर गर्दा आज १ हजार ३ सय ८२ संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल...