अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी चिकित्सकको पीडा, न्यायको लागि हारगुहार

 न्यूज विराट
अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी चिकित्सकको पीडा, न्यायको लागि हारगुहार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका घर र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ माइती घर भएकी एक चिकित्सक महिलाले अदालती फैसलापछि पनि आफ्नो कानुनी हकको जग्गा भोगचलन गर्न नपाएको पीडा सार्वजनिक गरेकी छिन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकको रूपमा कार्यरत स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. निता यादवले आफ्ना ससुरा र देवरको अवरोधका कारण अदालतबाट प्राप्त अधिकार उपभोग गर्न नपाएको बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर गुनासो गरेकी हुन् ।
डा. निता यादवको विवाह २०६८ सालमा डा. सुशिल यादवसँग भएको थियो । विवाहको केही समयमै श्रीमान् सिजोफ्रेनिया नामक गम्भीर मानसिक रोगबाट पीडित रहेको तथ्य थाहा पाएपछि उनको दाम्पत्य जीवनमा समस्या सुरु भएको थियो । ‘श्रीमानको दीर्घकालीन मानसिक समस्या लुकाएर विवाह गरिएको रहेछ, विवाहपछि मात्र मलाई र माइती पक्षलाई यो थाहा भयो,’ डा. यादवले बताइन् ।
उनका अनुसार, श्रीमानका बुबा डा. सितल यादव विराटनगरका चर्चित चिकित्कस हुन् । डा. सितलले २०५८ सालमै आफ्नो छोरालाई करिब ४ बिगहा जग्गा कानुनी रूपमा बाँडफाँट गरिदिएका थिए । उक्त जग्गा मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. १ र ३ मा विभिन्न कित्तामा अवस्थित छ ।
श्रीमान डा. सुशिलको २०८१ साल जेठ ३१ गते मृत्युपछि डा. नीतुले आफ्नो हकको माग गर्दै २०७९ भदौ २ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले २०८० फागुन १७ गते डा. निता यादवको पक्षमा फैसला गर्दै श्रीमानको नाममा रहेको सम्पत्तिमा आधा भागको हक दिने आदेश गरेको थियो । त्यसपछि उच्च अदालत विराटनगरले २०८१ साल चैत १६ गते जिल्ला अदालतको फैसलालाई सदर गर्दै यादवलाई कानुनी रूपमा उक्त जग्गाको अधिकार सुनिश्चित गरिदिएको छ ।
अदालतबाट अनुकूल फैसला आए पनि व्यवहारमा डा. यादवले आफ्नो हकको जग्गा भोगचलन गर्न पाएकी छैनन् । ‘फैसला लागू भए पनि बुढीगंगा गाउँपालिकाका कर्मचारीले ससुरा र देवरको दबाबमा परेर मलाई जग्गामा कुनै काम गर्न दिइरहेका छैनन् । न पानीको धारा जडान गर्न दिइएको छ, न बिजुली । खेतीपाती गर्न त परै जाओस्, मजदुरका लागि टहरा बनाउनेसम्म अनुमति छैन,’ पत्रकार सम्मेलनमा डा. नीताले गुनासो पोख्दै भनिन्, ‘जग्गा भोगचलनको लागि जिल्ला प्रशासन कार्यालय धाए । कार्यालयबाट पनि शान्ति सुरक्षा व्यवस्था कायम गरिदिएको छ । तर, ससुरा र देवरले जग्गासम्म जान दिएको छैन । अदालतको आदेश कार्यन्वयन हुन दिएको छैन । म माथि अन्याय भएको छ । न्यायाको लागि आज पत्रकार सम्मेलन गर्न बाध्य भएको छु । ’
डा. यादवले हालसम्म उक्त जग्गामा एक इन्च पनि भोगचलन गर्न नपाएको बताउँदै यसले आफूलाई मानसिक तनावमा पारेको बताएकी छिन् । एक शिक्षित चिकित्सक हुँदाहुँदै पनि उनी न्यायिक प्रक्रियापछि पनि न्याय पाउनबाट वञ्चित भएकी छिन् ।
‘न्यायालयले दिएको हकसमेत प्रयोग गर्न नपाउनु महिला विरुद्धको गहिरो अन्याय हो,’ उनले भनिन् ।
न्यायका लागि चिकित्कस निताको आग्रह
डा. यादवले स्थानीय प्रशासन, नागरिक समाज, महिला अधिकारकर्मी तथा सञ्चारमाध्यमहरूसँग आफूले न्याय पाउने वातावरण सिर्जना गरिदिन आग्रह गरेकी छिन् । उनका अनुसार, ससुरा डा. सितल यादव र देवर सुनिल यादव मिलेर उनको कानुनी अधिकारलाई निष्प्रभावी पार्न लगातार षड्यन्त्र गरिरहेका छन् ।
यो मामिला न्यायपालिकाले दिएको निर्णय कार्यान्वयनमा देखिएको चुनौती भएको उनले बताइन् । ‘यसरी शिक्षित महिलाहरूले समेत कानुनी अधिकार प्राप्त गरिसकेपछि पनि त्यसको उपभोग गर्न नसक्दा महिला अधिकारको क्षेत्रमा थप चुनौतीहरू रहेको देखिन्छ,’ उनले भनिन्, ‘स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यस्ता मामिलामा तत्काल हस्तक्षेप गरी न्यायिक निर्णयको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यक देखिएको छ । यसमा सबैलाई साथ सहयोगको लागि आग्रह गर्दछु ।’
यता डा. सितल प्रसाद यादवले सर्वोच्च अदालतमा हामीले पनि मुद्दा दिएको कारणले अंशमा दिनमा ढिलाइ भएको बताए । ‘हामीले अदालतको आदेश मान्दौनौ भनेको छैन । हामीले पनि जिल्ला र उच्चले गरेको फैसला चित्त नबुझेपछि सर्वोच्च गरेको छौं । सर्वोच्चले जे फैसला गर्छ त्यो मानेर अगाडी बढनेछौं,’ उनले भने ।

सम्बन्धित समाचार

मुख्यमन्त्री राई स्वास्थ्य सामाग्री लिएर पुगे कोरोना प्रभावित क्षेत्र

विराटनगर, बैशाख १३–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् । शनिबार कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । कोरोना...

‘कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा १० वर्ष असर पार्छ’

एजेन्सी, जेठ १०-प्रसिद्ध अर्थशास्त्री प्राध्यापक नुरियल रुबिनीले कोरोना भाइरसको महामारीको असर विश्वको अर्थतन्त्रमा १० वर्षसम्म पर्नसक्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरसका कारण विश्वभर लामो आर्थिक मन्दी हुने र त्यसबाट अर्थतन्त्रलाई पुरानै मार्गमा फर्काउन...

नक्सा र निशान छाप संशोधनको विरोधमा भारतको कूटनीतिक नोट

काठमाडौं, २५ असार-नेपालले प्रकाशित गरेको नेपालको नयाँ नक्सा र निशान छाप संशाेधनप्रति असन्तुष्टि जनाउँदै भारतले ‘कूटनीतिक नोट’ पठाएको छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै गत ३१ जेठमा निशान छाप...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, २१ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए...

निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छः प्रधानमन्त्री

काठमाडौं, ७ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहेको बताएका छन् । दसैंका अवसरमा शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन...

प्रदेश सरकारको सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुँदै

विराटनगर, माघ १८–प्रदेश नं. १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगर स्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले चर्चित नाटक ‘महाभोज’ आगामी माघ २२ र २३...

तुलसी सहकारीमा घोटला प्रकरण : प्रबन्धकसहित तीन जना जेल चलान

विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको...

चिकित्सकहरूले आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने

काठमाडौं, २४ असोज-नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्