प्रदेश सरकारको सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुँदै

 न्यूज विराट
प्रदेश सरकारको सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुँदै

विराटनगर, माघ १८–प्रदेश नं. १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगर स्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले चर्चित नाटक ‘महाभोज’ आगामी माघ २२ र २३ गते प्रदेश नंं. १ को राजधानी विराटनगरमा मञ्चन गर्न लागेको हो ।

भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने एशियाकै प्रतिष्ठित अन्तराष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ मा जानुपूर्व नाटक महाभोजलाई विराटनगरमा मञ्चन गरिने भएको हो ।

प्रसिद्ध भारतीय लेखिका मन्नु भण्डारीद्वारा लिखित नाटक महाभोज पछिल्लो समयको अत्यन्तै चर्चित र दर्शकले सर्वाधिक रुचाएको नेपाली नाटक हो । अनुप बरालद्धारा निर्देशित उक्त नाटकमा रमेश बुढाथोकी, शेखर चापागाइँ, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, बिजय बराल, विप्लव प्रतीक लगायतको अभिनय रहने जनाइएको छ ।

सम्बन्धित समाचार

क्वारेन्टाइनका लागि अस्पतालको अलपत्र भवन पनि प्रयोगमा ल्याउने तयारी

जनकपुरधाम उपमहानगरपालिका- १३ मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । मणिपाल शिक्षण अस्पतालका लागि निर्माणाधीन अवस्थामै अलपत्र रहेको भवनमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो । यसको पूर्वाधार निर्माण, उपकरण तथा चिकित्सकलाई तालिम...

सकियो नेकपा सचिवालय बैठक

काठमाडौं, २० मंसिर-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमागी भएका थिए...

प्रजिअ र एसपी राहत बाढ्न आगलागी पीडितकोमा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी...

न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सौलियत दिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘वर्ल्ड पर्पल डे’...

विराटनगरमा उल्लासपूर्ण होली (फोटो फिचर)

विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...

पासको दुरुपयोग : खाद्यान्न भन्दै ट्रकमा मदिरा ओसारपसार

डडेल्धुरा, ६ वैशाख-बैतडीमा मदिरासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मेलौली नगरपालिकामा मदिरासहित ट्रक प्रहरीले बरामत गरि नियन्त्रणमा लिएका हो । धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नं को ट्रक ४३...

आज देशभर ७९८९ ले जिते कोरोना, ८१७३ संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै देशभर थप...

रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

विराटनगर, २५ साउन । रोटरी क्लबले नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार रोटरी क्लबले नयाँ सदस्यहरुका लागि भर्चुअलरुपमा जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । डिस्ट्रक्ट गभर्नर जितेन्द्र बहादुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्