कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

 न्यूज विराट
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई छन् । मन्त्रालयले महालेखापरीक्षकको कार्यालयको सहकार्यमा अभियान थालेका हुन् ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले असुल गर्नुपर्ने बेरुजुलाई यसअघि नै उल्लेख्य घटाएको थियो । साना–सान कुरामा परिवर्तन गर्न नसक्दा बेरुजु बढेको महालेखा परीक्षकको कार्यालयका महानिर्देशक बालकृष्ण थापाको बताए । उनले साना सान कुरा परिवर्तन गर्न सके बेरुजु घट्ने बताए । मन्त्री राईले नेतृत्व समालेपछि भने सुधार आएको उनले दाबी गरे ।
समयम दिन नसक्दा बेरुजु बढेको भौतिक पुर्वधार विकास मन्त्रालयका सचिव अशोक कुमार साह बताउँछन् । साहले अब बेरुजु घटाउने र आउन नदिने गरी काम गर्ने समेत उनले बताए । ‘हप्तामा नत्र १५ दिनमा यहि विषयमा हामी अब छलफल गर्छौ,’ उनले भने ।
राजनीतिकर्मी र कर्मचारीले ध्यान नदिँदा व्यवस्थामाथि जनस्तरबाट प्रश्न उठेकाले सशासनमा ध्यान दिएको मन्त्री भुपेन्द्र राईको भनाइ छ । राईले संघीयतापछि विकास अघि बढे पनि सुशासन गर्न नसकिएको पनि बताए । राजनीतिकर्मी र कर्मचारी दुवैप्रति नागरिकको दृष्टिकोण राम्रा नभएकाले सुशासनसहितको विकास चाहिएको उनले बताए ।
गत आर्थिक वर्ष २०८०–८१ सम्ममा भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको असुल गर्नुपर्ने बेरुजु रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सो मध्ये १८ करोड ५९ लाख ५९ हजार ७५३ रुपैयाँ बेरुजु असुल गरेको छ । सो मन्त्रालयको जम्मा बेरुजु रकम २ अर्ब ३९ करोड ८ लाख ८० हजार ७०२ रुपैयाँ थियो । सो रकममध्ये ३९ करोड ७९ लाख ९० हजार ४३७ रुपैयाँ बेरुजु घटाएको मन्त्रालयले दाबी गरेको छ । यस्तै प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजुलाई उल्लेख्य घटाएको छ । नियमित गर्नुपर्ने ३७ करोड ६२ लाख ७८ हजारमध्ये १४ करोड १२ लाख ८४ हजार ९८३ रुपैयाँ नियमित गरेको र असुल गर्नुपर्ने ३ करोड ५ लाख १ हजार ३२८ मध्ये ५३ लाख ६७ हजार ७८६ रुपैयाँ असुल भएको मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले १४ करोड ६६५ लाख ५२ हजार ४७० रुपैयाँ बेरुजु रकम घटाएपछि ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ बेरुजु कायम भएको जनाएको छ । दुवै मन्त्रालयको जिम्मा मन्त्री भुपेन्द्र राईले लिएका छन् । आफू मन्त्रालयमा आएपछि बेरुजु घटाउन तदारुकता दिएको उनले बताए । आगामी दिनमा पनि बेरुजु घटाउने अभियान जारी रहने उनले जनाएका छन् ।

सम्बन्धित समाचार

सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

विराटनगर, जेठ २९–कोरोना भाईरस महामारीको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले खर्च गरेको १० अर्व कहाँ गयो भन्दै विराटनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा...

आज विराटनगरमा २१९ जनामा कोरोना संक्रमण

विराटनगर, ८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

खानेपानी विभागको स्वर्ण जयन्तीः इलाम बन्यो उत्कृष्ट आयोजना कार्यालय

विराटनगर, ४ मंसिर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलाम उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट आयोजना कार्यालयका रुपमा...

जेठानलाई मन्त्री बनाएपछि वकिलले उठाए प्रधानन्यायाधीशबिरुद्ध महाभियोगदेखि आन्दोलनसम्मका मुद्धा

काठमाडौं, असोज २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीहरु न्यायपालिका स्वतन्त्र नरहने निश्कर्षमा पुगेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त...

कटहरीका सामुदायिक विद्यालयलाई प्रविधीसँग जोड्दै पालिका

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक...

धनकुटा उद्योग वाणिज्य संघका पदाधिकारीहरुद्धारा पदभार ग्रहण

विराटनगर, फागुन २२–धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार सर्वसम्मत रुपमा संघको अध्यक्षसहित सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले औपचारकि रुपमा पदभार ग्रहण गरेका हुन् । सोमबार...

गण्डकी प्रदेशमा थपिए ५८ नयाँ काेराेना संक्रमित

काठमाडौं, ६ असार-गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार राति गरिएको परीक्षणमा गण्डकीका ७ जिल्लाका थप ५८ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...

थप ३२ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५ सय ४८ पुग्यो 

काठमाडौं, १० जेठ-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्