एमएम कप क्रिकेटमा आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित
बुधबार, १७ बैशाख, २०८२,
न्यूज विराट
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्वल विजयी भएको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको समुह वि अन्तरगतको दोस्रो लिग खेलमा आसामसँग आयोजक कोशी प्रदेश ९७ रनले पराजित भए पछि फाइनलमा पुग्ने सम्भावनालाई कमजोर बनाएको छ । मंगलबार विभागिय टोली पुलिसलाई ३७ रनले स्तब्ध पार्दै पहिलो पटक जित निकालेको कोशीले आसामसँग लज्जास्पत पराजित भए पछि फाइनलमा पुग्ने सम्भावनालाई कमजोर रहेको हो । आसामले १ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ भने कोशीले पनि २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंक नै रहेको छ । नेट रन रेटमा कोशी आसामभन्दा फराकिले रहेको छ । आसामले अव बिहिबार पुलिसँग प्रतिस्पर्धा गर्ने छ । पुलिसले आसामलाई फराकिलो अन्तरले पराजित गरेमात्र तीनै टिमकोे सम्भावना नेट रन रेटले तय गर्ने छ ।
टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ३ बलमा सवै विकेट गुमाई २ सय ९ रनको सम्मानजनक स्कोर बनाएको थियो । आसामका प्लेयर अफ द म्याच कप्तान गोकुल शर्माले ९९ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ७८ रन बनाउँदा अरुण सोनारले ५१ रन, केभिन सन्जिव क्रिस्टोफरले १५ रन र अमित सिंहाले १२ रनको योगदान दिए। कोशी प्रेम कामतले १० ओभरमा ३ मेडन राख्दै ४ विकेट लिँदा विपिनकुमार महतो र भुपाल लुइटेलले २–२ विकेट लिए ।
जवाफमा २ सय १० रनको लक्ष्य पाएको कोशीले ३७ दशमलव २ बलमा सवै विकेट १ सय १२ रनमा सिमित भयो । कोशीका पुछारका ब्याटर विपिनकुमार महतोले १५ रन बनाउँदा यस भट्टराई पनि १५ रन जोडे । त्यस्तै ओपनर ब्याटरले चिराग कबहले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । आसामका टपनकुमार शर्माले ३ विकेट लिँदा कप्तान गोकसल शर्मा पनि ३ विकेट दिए ।
काठमाडौं, १३ साउन-अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने १ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि- ५, ताहाननीका हरिशंकर श्रेष्ठलाई पक्राउ गरेको...
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेसका नेता महेश आचार्य हिँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवार मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीको...
विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम गरेको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम सुवेदीले...
फिदिम, पुस ८–पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा...
विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...
चितवन, १८ असोज-चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा मरेका छन् । चार वटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले...
काठमाडौं, ९ वैशाख-बन्दाबन्दीका बेला अत्यावश्यक काम नभई घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिमाना असुल गर्न थालेको छ ।अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आमनगरावासी कोरोना भाइरस संंक्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रूपमा १...
विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं. ३ को सभापतिमा धर्मेन्द्र बानीया (धर्म) निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा २२६ मत ल्याएर धर्म सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदमा चार जनाको...