पशुपति ज्वेलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम, १३ तोला सुन पनि बरामद

 न्यूज विराट
पशुपति ज्वेलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम, १३ तोला सुन पनि बरामद

विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम गरेको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम सुवेदीले जानकारी दिए ।

बरामद गरेको चाँदी र सुन विराटनगर भन्सार कार्यालयमा लगेर तौल गरेपछि परिमाण कायम गरेको हो । प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ ।
सुनचाँदी पसलबाट आज दिउँसो तस्करीको चाँदीका गरगहना बरामद भएको हो । पक्राउ परेका सञ्चालकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको छ । पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।

विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा छापा हानेर चाँदी बरामद गरेको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लाष्टिकको बोरामा हालेर लगिएको छ ।

सम्बन्धित समाचार

मोरङमा ४४ सहित प्रदेश १ मा शुक्रबार ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज

विराटनगर, ५ भदौ-प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १÷१...

प्रतिनिधिसभाको अधिवेशन आजदेखि, एमाले भन्छ- अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ

सर्वोच्च अदालतको परमादेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको...

कोरोनाको खोप सबैका लागि उपलब्ध हुनुपर्छः महासचिव गुटर्रेस

एजेन्सी, बैशाख १३-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोभिड–१९) को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि...

देउवाले उठाए सीमासम्बन्धी मुद्दा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई...

प्रदेश सरकारले कोरोना जित्दै: मन्त्री घिमिरे

विराटनगर, असार १०–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताएका छन् । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको उनले बताए । प्रदेश सरकारले कोरोना...

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतले पछिल्लो पटक पठाएको इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य...

अनुशासन उल्लघंन गर्ने सांसदलाई कारवाही गर्न एमालेले गठन गर्यो संसदीय बोर्ड

काठमाडौं, चैत्र ५-नेकपा एमालेले पार्टीको अनुशासन उल्लंघन गर्ने सांसदलाई कारवाही गर्ने बाटो खोलेको छ । संसदीय दलको बैठकले कारवाही गर्न गठन गर्नुपर्ने संसदीय बोर्ड बनाएको हो । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले...

प्रदेश १ प्रदेशसभामा विविधता : परम्परागत पहिरनमा सजिएका महिला सांसद (फोटो फिचर)

विराटनगर । प्रदेश १ का नवनिर्वाचित चार जना प्रदेश सांसदहरूले आफ्नो जातीय तथा परम्परागत पहिरनमा सझिएर पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेकी सांसद मीना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ्ग, पर्यटन तथा संस्कृतिमन्त्री नेकपा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्