विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समुह वि अन्तरगतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लवलाई ३७ रनले पराजित गरेको छ । जित पछि कोशल्ेि २ अंक जोडेको छ ।
टस हारेर ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९३ रनको सामान्य योगफल खडा गरेको थियो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन केनन् । पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २–२ विकेट लिए ।
जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव ५ बलमा सवै विकेट ५६ रनमा सिमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट दिए।
बुधबार समुह वि को दोस्रो लिग खेल आयोजक कोशी प्रदेश र भरतको आसाम क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका...
विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषदेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा...
पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायरा बढाउन आग्रह गरेको छ । कांग्रेसले छिमेकी राष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ व्ययावहको स्थितिको प्रतीक्षा नगर्न आग्रह गरेको छ । कैलालीका एक...
विराटनगर, फागुन १६–मोरङको ग्रामथान गाउँपालिका–६स्थित पब्लिक क्याम्पसको १ करोड लागतमा बन्ने भवनको शिलन्यास गरिएको छ । धनिबनि गाउँस्थित सो क्याम्पस परिसरमा आज आयोजित कार्यक्रमकाबीच प्रदेश एकका उद्योग,पर्यटन,बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले भवनको शिलन्यास गरे...
काठमाडौं, ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...
विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...
काठमाडौं, १५ वैशाख-प्रतिपक्षी ३ दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भइको निष्कर्ष निकालेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका...