धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

 न्यूज विराट
धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

विराटनगर । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ।

सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको हो।

कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी साथै काठमाण्डौ , पोखरा र भारतको सिलिगुडीबाट एमेचर, सिनियर, जुनियर र महिला गरेर झन्डै ८० जना खेलाडीको सहभागिता हुने जानकारी दिए।

प्याकुरेलले प्रतियोगितामा ग्रस एण्ड नेट , नियरेस्ट टु द पिन , लङेस्ट ड्राइभ लगायत विधामा खेलाडीहरुको प्रतिस्पर्धा हुने बताए। प्रतियोगितामा विजयी हुने खेलाडीलाई मेडल र ट्रफी प्रदान गरिने छ।

सम्बन्धित समाचार

नियोजित रुपमा फेल गराएको बीपीएचका विद्यार्थीको आरोप

विराटनगर । विराटनगरस्थित कोशी हेल्थ एण्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययरत तीन जना विद्यार्थीहरूले कलेज प्रशासन नियोजित रुपमा लागेर अनुर्तिण गराएको आरोप लगाएका छन् ।विराटनगरमा मंगलर पत्रकार सम्मेलन गरी रुपा न्यौपाने, मनिषा यादव र...

राप्रपा उम्मेदवार फुयालले भ्रष्टाचार नगर्ने कसम खाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।  फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए...

विराटनगरमा कांग्रेस नेताहरुले भने–संविधानको रक्षाका लागि जनता माझ आएका हौँ

विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...

प्रचण्डको सचिवालयले भन्यो : प्रभाकरसँग जोडेर गरिएका प्रचार भ्रामक

काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्‍ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका...

बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्राकसुट...

सिरहामा ४० हजारले लगाए कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज आजदेखि

सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् । सिरहामा कोरोना...

युरोपको एक मात्र देश, जहाँ छैन कोरोना भाइरसको डर

एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।...

सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन

सर्लाही, माघ २१–पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्