माओवादी विराटनगरकोे अधिवेशन : ८१ जनाको कार्यसमिति सर्वसम्मत, पदाधिकारी चयनमा भने सहमतिको प्रयास

 न्यूज विराट
माओवादी विराटनगरकोे अधिवेशन : ८१ जनाको कार्यसमिति सर्वसम्मत, पदाधिकारी चयनमा भने सहमतिको प्रयास

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको दोस्रो अधिवेशनबाट ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।

कुल ३५६ प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले अब अध्यक्षसहित सात पदाधिकारी चयन गर्ने जिम्मेवारीमा रहेको छ ।
निर्वाचन समितिका सदस्य एवं माओवादी केन्द्र विराटनगरका इन्चार्ज भोगेन्द्र यादवका अनुसार सर्वसम्मत कार्यसमिति चयन भए पनि पदाधिकारी चयन भने केही समयका लागि स्थगित गरिएको छ । ‘नयाँ कार्यसमिति चयन भएपछि अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ,’ यादवले जानकारी दिए ।
अध्यक्ष पदका लागि तीन जना आकांक्षी छन् । वर्तमान सचिव नमिता न्यौपाने, वर्तमान उपाध्यक्षहरू दिनेश कुमार राजवंशी र ज्ञानु भट्टराईले अध्यक्ष पदमा दाबी गरेका छन् । उपाध्यक्ष पदका लागि ९ जना आकांक्षी देखिएका छन्, जसमा धर्म लाल माझी, सरस्वती ओझा, सावित्रा गौतम पुष्पा, चन्द्र वन, दिनेश कुमार कामत, रामबती साह, सनोज यादव, सारदा मैलानी र बद्री दाहालको नाम अगाडि आएको छ ।
त्यस्तै, सचिव पदका लागि केपी चौलागाई, आजम प्रवेज र पुष्पराज भट्टराईले आफ्नो दाबी प्रस्तुत गरेका छन् । सहसचिव पदमा आठ जनाको आकांक्षा देखिएको छ । जसमा मोहन ढकाल, भरत गिरी, सोनु केवट, राज यादव, विनोद यादव, द्वारिका रेग्मी, चम्पा कार्की र राजेन्द्र थापा मुख्य दावेदारका रूपमा छन् ।

कोषाध्यक्ष पदमा भने कुनै प्रतिस्पर्धा नभएको निर्वाचन समितिले जनाएको छ । मनिष सोनीको एकल दाबी परेकोले उनी सर्वसम्मत हुनेछन् । निर्वाचन समितिले आधिकारी घोषणा गर्न भने बाँकी रहेको छ ।
हाल निर्वाचित कार्यसमिति ८१ सदस्यीय रहेको छ भने थप १८ सदस्य मनोनयनमार्फत समितिमा समावेश गरिनेछ । समग्रमा ९९ सदस्यीय महानगर कमिटी बन्नेछ जसमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव १ र कोषाध्यक्ष १ गरी ७ पदाधिकारी हुनेछन् ।
पदाधिकारी चयनमा आकांक्षीहरूको संख्या धेरै भएको कारण सहमतिको आधारमा टुंगो लगाउने प्रयत्न भइरहेको छ । त्यसका लागि एक हप्ताको समय दिने निर्णय गरिएको एक प्रतिनिधिले बताए । ‘कार्यसमितिमा सबैको सहमति भएकाले पदाधिकारी चयन पनि मिलेर गरौं भन्ने प्रयास हो,’ ती प्रतिनिधिले भने ।

सम्बन्धित समाचार

मन्त्री विश्वासद्धारा पब्लिक क्याम्पसको भवन शिलान्यास

विराटनगर, फागुन १६–मोरङको ग्रामथान गाउँपालिका–६स्थित पब्लिक क्याम्पसको १ करोड लागतमा बन्ने भवनको शिलन्यास गरिएको छ । धनिबनि गाउँस्थित सो क्याम्पस परिसरमा आज आयोजित कार्यक्रमकाबीच प्रदेश एकका उद्योग,पर्यटन,बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले भवनको शिलन्यास गरे...

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित २५ जनाले जिते कोरोना, निको हुनेको संख्या १ सय १२ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप २५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १ सय १२ पुगेको छ । पर्साका छप्कैयाका एकै परिवारका १८ जना...

विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

ब्राउन सुगर सहित दुई जना पक्राउ

विराटनगर, १२ असोज । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका...

अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रममा राष्ट्रिय...

परिवारको साथमा लगाए प्रधानमन्त्री देउवाले दसैंको टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टीका लगाएका छन्। शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले टीका लगाएका हुन् । श्रीमती आरजु राणा देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । साथमा प्रधानमन्त्रीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्