इण्डो नेपाल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा होराइजनको विजय सुरूवात

 न्यूज विराट
इण्डो नेपाल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा होराइजनको विजय सुरूवात

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब जोगवनीलाई फराकिलो १०७ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१९ रनको विशाल स्कोर बनायो । होराइजनका मीनाश थापाले आक्रमक ब्याटिङ गर्दै ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरी ५२ रनको अर्धशतकीय पारी खेले । उनको साथ अभिषेक कार्कीले अविजित १५ बलमा ४६ रन बनाए, जसमा ३ छक्का र ६ चौका प्रहार गरे । फिरदोश अन्सारीले पनि अविजित ३० बलमा १ छक्का र ५ चौकाको मद्दतले ४१ रनको योगदान दिए भने अटल साहले १५ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाए । जोगवनीका बलर अभिषेक राजाले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।
२२० रनको विशाल लक्ष्य पछ्याएको प्रशान्त क्रिकेट क्लब जोगवनीले दबाबमा परेर मात्र १४.१ ओभरमा सबै विकेट गुमाइ ११२ रनमा अलआउट भयो । जोगवनीका अमन राजले १७ बलमा २८ रन बनाए भने आदित्य राजले ७ बलमा १७ रन र असफाक अन्सारीले ११ बलमा १२ रनको योगदान दिए । टोलीका अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।
विजेता टोली होराइजनका दिपेश कन्डेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । फिर्दोस अन्सारीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने मीनाश थापाले २ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका मीनाश थापा खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरूप नगद तीन हजार एक सय रुपैयाँ प्राप्त गरे ।
विजयपश्चात् होराइजन क्रिकेट क्लबका कप्तान मीनाश थापाले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘हामीले टिमको सामूहिक प्रदर्शनका कारण आज विजय हासिल गर्न सफल भयौं । आफुसहित अभिषेक र फिरदोशले ब्याटिङमा देखाएको आक्रामक खेल र त्यसपछि बलिङमा गरेको कसिलो प्रदर्शनले हामीलाई जित दिलायो,’ उनले भने ।
आइतबार दुई वटा खेलहरू हुनेछ । पहिलो खेल भारतको दिल्ली युथ क्लब र फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाबीच हुनेछ भने सोही दिन हुने दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णियाबीच हुने आयोजकले जनाएको छ ।
मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताभर सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरी २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसका साथै, प्रतियोगिताको सर्वाधिक रन बनाउने ‘बेस्ट ब्याटर’ र सर्वाधिक विकेट लिने ’बेस्ट बलर’लाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।


चौथो संस्करणको यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिता आगामी चैत ३० गतेसम्म सञ्चालन हुनेछ । मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगर क्षेत्रमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि विगत वर्षहरूदेखि आयोजना हुँदै आएको छ ।
यस प्रतियोगिताको मुख्य उद्देश्य नेपाल र भारतका स्थानीय क्रिकेट टिमहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नुका साथै युवा क्रिकेट खेलाडीहरूको प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरमा अवसर प्रदान गर्नु हो,’ सचिव श्रेष्ठले भनिन् ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन र मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजनामा भएको यस प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले गरे । उद्घाटन समारोहमा बोल्दै उनले कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि यस प्रकारका प्रतियोगिताहरुको महत्वपूर्ण भूमिका रहने बताए । ‘कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि नेपाल र भारतबीचको यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउँछ,’ बस्नेतले भने, ‘यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउने अवसर प्रदान गर्दछ । प्रदेश सरकारले क्रिकेटलगायत सबै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा विशेष ध्यान दिइरहेको छ ।’

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

राजापाक्षेको पार्टीलाई बहुमत, ओलीले दिए बधाई

एजेन्सी, साउन २३-श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षेले संसदीय निर्वाचनमा ठूलो जीत हात पारेको घोषणा गरेका छन् । उनका दाजु महिन्दा राजापक्षेलाई अब प्रधानमन्त्री बनाउने बाटो खुला भएको छ । उनले गत वर्षको नोभेम्बरदेखि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी...

औषधी व्यवसायीद्धारा कारवाहीको माग राख्दै मेयर कोइरालालाई बुझाए ज्ञापनपत्र

विराटनगर । विराटनगरको कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीमा औषधि ब्यवसायी तथा जनता समाजबादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादबलाई आक्रमण गर्ने नगर प्रहरीलाई कारवाहीको माग राख्दै नेपाल औषधि ब्यबसायी सघं मोरङले कारवाहीको माग राखेको छ...

विराटनगरमा तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । सरकारले...

आईटीएफ तेक्वान्दो शनिबारदेखि, १३५ खेलाडीको सहभागि

विराटनगर । कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुँदैछ । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको जानकारी...

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त गरेका हुन्...

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

एजेन्सी, चैत २७-साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्