महतोमाथि निर्घात कुटपिट, मोरङ प्रहरीले जाहेरी नलिदा न्याय नपाएको पीडितको गुनासो

 न्यूज विराट
महतोमाथि निर्घात कुटपिट, मोरङ प्रहरीले जाहेरी नलिदा न्याय नपाएको पीडितको गुनासो

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ रामचोक घर भएका ४० वर्षीया जोगीकुमार महतोलाई निर्घात कुटपिट भएर गम्भिर घाइते भएको घटनामा मोरङ प्रहरीले जाहेरी लिएर अनुसन्धान नगरेको पीडित परिवारले गुनासो गरेका छन् ।

मोरङको नयाँबजारमा मरणासन्न हुनेगरी कुटपिटबाट घाइते भएका जोगीकुमारले न्यायको लागि हारगुहार गरेको भएतापनि प्रहरी प्रशासनले जाहेरी लिन अस्वीकार गरेको आज विराटनगरमा पत्रकार सम्मेलन गरि गुनासो गरेका हुन् । पत्रकार सम्मेलन गरी मोरङ प्रहरीले जाहेरी दर्ता नगरिददा पीडिक गाउँघरमा खुल्लेआम हिडडुल गर्दै आएको र आफुले न्यायको पाउन नसकेको गुनासो गरेका हुन् ।
महतोलाई चैत १७ गते राति सवा ८ बजेतिर कटहरीको नयाँ बजारमा विजय सोरेनसहितको समूहले आक्रमण गरेको थियो ।
सडक निर्माणमा मजदुरी गर्ने र ठेकेदारलाई मजदुर उपलब्ध गराउने काम गर्दै आएका महतो त्यस दिन विराटनगरबाट काम सकेर फर्किंदै थिए । उनका अनुसार बोल्न नसक्ने साथी लक्षु महतोसँगै नयाँ बजार पुगेपछि नस्ता गरेर निस्कँदै गर्दा सोरेनसहित दुई जना व्यक्तिले अनावश्यक विवाद शुरु गरेका थिए । पछि थाहा भएअनुसार ती व्यक्तिमध्ये एक जना नयाँ बजारका विजय सोरेन रहेको बताइएको छ ।
‘मैले उनीहरूलाई त्यसो नगर्न आग्रह गरेको थिएँ । तर सोरन र उनीसँग आएकाले पछाडिबाट अचानक मेरो टाउकोमा धारिलो वस्तुले प्रहार गर्दा म उँधो मुन्टो लडेर बेहोस भएँ,’ महतोले पत्रकार सम्मेलनमा भने । करिब १५–२० मिनेटपछि होस फर्केपछि स्थानीयले उनलाई नजिकैको मेडिकलमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सोही राति कोशी अस्पताल लगिएको थियो । कोशी अस्पतालमा उनको टाउकोको पछाडिको भागमा ७–८ वटा टाँका लगाइएको थियो ।
गम्भीर अवस्था देखिएपछि चैत १८ गते बिहान नोबेल अस्पतालमा थप उपचारका लागि लगिएको र त्यहाँ एक्स–रे गर्दा उनको देब्रेतर्फको करङ समेत भाँचिएको चिकित्सकले पुष्टि गरेका छन् ।
घटनाको भोलिपल्ट चैत १८ गते कटहरी प्रहरीले महतोकी श्रीमतीलाई फोन गरी तुरुन्त जिल्ला प्रहरीमा पुगेर निवेदन दिन आग्रह गरेको थियो । उपचाररत पतिको कुरुवामा बस्नुपरेकाले भोलि आउने बताउँदा प्रहरीले ‘त्यस्तो हुँदैन, आजै निवेदन दिनु’ भनेर अह्राएपछि १२ वर्षीय छोरा राकेश कुमार महतोलाई कुरुवाको रूपमा राखेर श्रीमती जिल्ला प्रहरी कार्यालय मोरङ पुगेकी थिइन् । तर त्यहाँ ठाडो उजुरीको निवेदन लेखाएर दिँदा ‘निवेदन नमिले’ भन्दै दर्ता नगरी फर्काइएको थियो ।

मोरङका प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले घटना भएपछि पीडित प्रहरीमा बोलाउँदा उल्टै ढिलो गरि आएको बताए । ‘त्यस दिन हामीले पीडिक भनेका व्यक्तिलाई पनि समातेर ल्याएका थियौ । तर, पीडितले जाहेरी दिन आएनन । प्रहरीले २४ घण्टा भन्दा बढी कुनै पनि व्यक्तिलाई विना आधार त्यसै थुनामा राख्न मिल्दैन । त्यो भएको हामीले जाहेरी दिन बोलाएको थियौ । तर, पीडित आफै नआएको हो । अहिले पनि आए हामी जाहेरी लिएर थप अनुसन्धान गर्नेछौं,’ डिएसी जोशीले भने ।

सम्बन्धित समाचार

विराटनगरमा जसपाबाट उपमेयरको टिकट उपेन्द्र यादवका छोराले पाए

विराटनगर, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा लाई विराटनगरको उप मेयरमा उठाउने निर्णय गरेको छ । चुनावी तालमेलको क्रममा जसपाले अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई आइतबार राती उप मेयरका...

’फरार’ सिद्धबाबाले गरे आत्मसमर्पण

काठमाडौं, फागुन २०–उच्च अदालत, बिराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएपछि फरार भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका गिरीले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय ४५ संक्रमित थपिए

विराटनगर, २८ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक...

ओलीको अभिव्यक्ति कुर्ची जोगाउने अस्त्र र राजनीतिक स्टन्ट : गगन थापा

काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक...

पाँचदलीय गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो:माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनले देशलाई विभिन्नखाले संकटबाट बचाएको बताएका छन् । गठबन्धनले संसद, संविधान, लोकतन्त्र, गणतन्त्रदेखि लिएर विदेशी सैन्य रणनीतिको हिस्सा बन्नबाट बचाएको उनले बताए । समाजवादी प्रेस संगठन...

विराटनगरबाटै लाइसेन्स लिन सकिने

विराटनगर । विराटनगरबाट पनि अब सवारी चालक लाइसेन्स लिन सकिने भएको छ। सोमबार मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेर सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको जानकारी दिए। हालसम्म प्रदेश १ मा...

विराटनगरमा व्यवसायीलाई धम्कि दिँदै रकम अशुली गर्ने दुई जना पक्राउ

विराटनगर, २० असोज । विराटनगरका विभिन्न व्यवसायीलाई धम्कि दिएर रकम अशुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका स्थित स्थानिय व्यवसायीलाई धाकधम्की दिई रकम माग गर्ने दुई जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ...

गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूले जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए । पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरी घर पठाइएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्