इक्वालिटि कप क्रिकेट सोमबारबाट, उद्घाटनको पहिलो खेल इलाम र सप्तरी भिड्दै

 न्यूज विराट
इक्वालिटि कप क्रिकेट सोमबारबाट, उद्घाटनको पहिलो खेल इलाम र सप्तरी भिड्दै

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको छ ।
आइतबार पत्रकार सम्मेलन मार्फत फाउण्डेशनले यस प्रतियोगिता सोमबारदेखि विराटनगर ६ मा रहेको म्यारिलीबोन ज्वाला क्रिकेट ग्राउण्डमा उक्त प्रतियोगिता हुने जानकारी गराएको हो ।
फाउण्डेशनका संयोजक मन्दिप शाहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी हुनेछन् । चारै जिल्ला क्रिकेट संघले पठाएका टिमहरूबीच लिकको आधारमा प्रतिस्पर्धा हुनेछ । सोमबार दुई खेल हुनेछ । पहिलो खेल इलाम र सप्तरी बिच हुनेछ भने सोही दिन हुने दोस्रो खेल मोरङ र सिराहाबीच हुनेछ ।
फाउण्डेशनले म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्वालिटि कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए ।
साहले जानकारी दिएअनुसार यस आयोजनाले घरबाट बाहिर निस्किन नसकेका युवतीहरू अहिले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्न सफल भएका छन् । मोरङकी सानु राजबंशीले मलेसियामा सम्पन्न अन्डर १९ एसिया कपमा, काजल भन्ने निरु राजबंशीले राष्ट्रिय स्तरमा र पूर्णिमा राजबंशीले कोशी प्रदेशस्तरीय क्रिकेट खेलिरहेको उनले उदाहरण दिए ।
फाउण्डेशनले सानै उमेरका बालिका तथा युवतीहरूलाई क्रिकेट प्रशिक्षणदेखि लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला पनि सञ्चालन गर्दै आएको छ ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गर्ने यस प्रतियोगितामा लिग चरणमा ६ र फाइनल सहित जम्मा ७ वटा खेल हुनेछन् ।
इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिता महिला सशक्तिकरण र समानताको संदेश दिने महत्वपूर्ण प्लेटफर्म बन्दै गएको छ, जसले ग्रामीण क्षेत्रका युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ ।

सम्बन्धित समाचार

जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउनुपर्नेमा जोड

विराटनगर । जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउन आबश्यक नीतिनियम बनाउनुपर्ने एक कार्यक्रममा जनस्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कोशी प्रदेश स्तरीय जनस्वास्थ्य कर्मी मोरङले भेलामा सहभागि जनस्वस्थ्यकर्मीहरुले यस्तो बताएका हुन् । जनस्वास्थ्यकर्मीहरु उत्पादनमा कमी आएको चिन्ता...

राप्रपा अध्यक्षमा लिङदेन विजय

काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै...

काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...

२ असईसहित ३ प्रहरी निलम्बित

काठमाडौं, १२ असार-प्रदेश २ प्रहरी कार्यालयले आचरणविपरीत काम गरेको भन्दै २ जना असईसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा रजवाडा दरबन्दी भई प्रहरीचौकी औरैयामा कार्यरत...

विराटनगरका दिलिप सुवेदी ५१ दिनदेखि वेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको माग

विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् । टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी...

एमाले सत्ता स्वार्थमा कुदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । काँग्रेसमा सत्ता भन्दा...

केन्द्रीय सदस्य त्यागेर नेकपा एसका सरोज यादव एमालेमै फर्किए

काठमाडौँ, २३ माघ । नेकपा एकीकृत सामाजवादीका केन्द्रीय सदस्य सरोजकुमार यादव नेकपा एमालेमै फर्किनु भएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा जानु भएका उहाँ केन्द्रीय सदस्य त्यागेर एमालेमै फर्किनु भएको हो । नेकपा एमालेका नेता...

पीसीआर मेसिनले दियो गलत रिपोर्ट, जनकपुर अस्पतालमा स्वाब परीक्षण स्थगित

जनकपुरधाम, १२ वैशाख-प्रादेशिक अस्पताल जनकपुरधाममा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाब परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पीसीआर परीक्षण कार्य स्थगित गरिएको हो । सर्लाहीका १४ वर्षीय किशोरमा पीसीआर चेकजाँच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्