विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा शुक्रबार बसेको महासंघको तेस्रो बैठकले उक्त पुरस्कार २ दशकदेखि पत्रकारितामा सक्रिय रहेका बुढाथोकीलाई प्रदान गर्ने निर्णय लिएको हो । यो पुरस्कार प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा वितरण गर्ने गरिन्छ । भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा ९साविकको तुङ्गेछा गाविस–१० घर भएका बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील छन् । २ दशक अघिदेखि पत्रकारितामा आबद्ध उनले संखुवासभाबाट पत्रकारिता सुरु गरेका थिए । बुढाथोकी २०६८ सालदेखि विराटनगरमा रहेर पत्रकारितामा सक्रिय छन् । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसर पारेर शनिबार उक्त पुरस्कार वितरण गरिने नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए । उनका अनुसार षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार सिफारिस समितिको सिफारिसका आधारमा पुरस्कार वितरणको निर्णय गरिएको हो । पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिमा महासंघ मोरङका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मा र दाता परिवारका तर्फबाट केदारबहादुर बस्नेत रहेका छन् । पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा शनिबार बिहान कोशी प्रदेशको राजधानी विराटनगरमा महासंघ मोरङले विशेष कार्यक्रमको आयोजना गरेको जानकारी सचिव अधिकारीले दिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की रहने छन् । षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार एवं सूचनाको हकका अभियन्ता गजेन्द्र बुढाथोकी, सूचनाको हकका अभियन्ताहरु काशीराज दाहाल र स्वः विनय कसजुलाई प्रदान गरिसकिएको अधिकारीले बताए । साथै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ । यसअघि उक्त पुरस्कार सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ, पत्रकारहरु मोहन काजी न्यौपाने, गणेश लम्साल, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ । त्यस्तै, पत्रकार महासंघ मोरङको तेस्रो बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मे ३ का दिन ६० वर्ष उमेर पूरा भएका महासंघ मोरङ शाखाका सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले महासंघ मोरङको वार्षिक क्यालेन्डर प्रकाशनका लागि ३ सदस्यीय समिति गठन गरेको छ । महासंघ मोरङका सहसचिव रेवतीरमण निरौलाको संयोजकत्वमा गठित समितिमा महासंघका सदस्यहरु बाबुराम निरौला र मुकेश यादव रहेका छन् । बैठकले नेपाल पत्रकार महासंघ मोरड पूर्वउपाध्यक्ष शरदराज सुवेदीकी आमा मीना सुवेदी र महासंघको कार्यसमितिका पूर्वसदस्य विजय खतिवडाकी आमा देवधरा खतिवडाको निधनप्रति समवेदना व्यक्त गरेको छ ।
काठमाडौं, २७ मंसिर । पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेबाट १० गतेसम्म गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो । प्राविधिक शिक्षा...
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र ग्यालेक्सि, क्रिकेटमा ग्रिनल्याड र सेन्टजोसेफ तथा कवडीमा विराट क्याम्पस, मोडर्न एरा, ग्रिनल्याण्ड र शिक्षादिप कलेज विजयी भएका...
विराटनगर, ९ जेठ । प्रदेश १ मा आज ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...
विराटनगर । भारतदेखि अवैध रूपमा चोरी तस्करी गरी कपडा ल्याउने चार जना पक्राउ परेका छन् । इलका प्रहरी कार्यालय रानी विराटनगरले तस्करीको कपडासहित सोमबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५...
विराटनगर । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट पदकविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले पुरस्कारसहित सम्मान गरेको छ । मंगलबार इटहरीमा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा खेलकुद विकास बोर्डले १ सय...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै नै कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारत...
कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...