विराटनगरमा एसईई परीक्षा दिएका विद्यार्थीलाई अभिमुखीकरण
शुक्रबार, १५ चैत, २०८१,
न्यूज विराट
विराटनगर । एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि अक्सफोर्ड कन्सलटेन्सी र इडुमार्क कन्सलटेन्सीले शुक्रबार एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। उच्च शिक्षामा अध्ययन गर्न विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यले शुक्रबार विराटनगरमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अक्सफोर्ड कन्सलटेन्सीका संचालक दुर्गेश शाहले विद्यार्थीहरूलाई उच्च शिक्षाका विभिन्न अवसरहरूबारे जानकारी गराए। ‘एसईई परीक्षा दिएपछि विद्यार्थीहरूले आफ्नो भविष्य निर्माणका लागि सही शैक्षिक मार्ग छनोट गर्नुपर्छ,’ उनले भने । सगरमाथा स्कूलका प्रिन्सिपल त्रिलोचन गौतमले विद्यार्थीहरूलाई उच्च शिक्षामा विषय छनोटका बारेमा महत्वपूर्ण सुझाव प्रदान गरे। उनले भने ‘आफ्नो रुचि र क्षमताका आधारमा विषय छनोट गर्नुहोस् जसले तपाईंको भविष्य उज्यालो बनाउन सकोस्, ’ प्रिन्सिपल गौतमलले भने ।
इडुमार्क कन्सलटेन्सीका संचालक कविराज पौडेलले रोजगारमूलक शिक्षाको महत्त्वमा जोड दिए। उनले विद्यार्थीहरूलाई आधुनिक श्रम बजारका आवश्यकताहरूअनुसार अध्ययन गर्न आग्रह गरे। कार्यक्रममा विभिन्न विषयका विज्ञहरूले विद्यार्थीहरूका जिज्ञासाहरूको समाधान गरे र उनीहरूलाई भावी शैक्षिक यात्रामा मार्गदर्शन गरे। यो अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक र पेशागत भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको छ। कार्यक्रममा एसइइ परीक्षा दिएका दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले १३ बुँदे आचार संहिता जारी गरेको छ । विराटनगरमा शनिबार सकिएको बैठकले १३ बुँदे आचार संहिता जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको गोपनीयता भङ्ग...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन...
विराटनगर, फागुन ३०–मोरङमा पछिल्लो ८ महिनामा सवारी दुर्घटनामा परी ५३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा मोरङमा ५३ जनाको मृत्यु भएको छ भने ४ सय ५२ जना घाइते भएको जिल्ला ट्राफिक...
गत २४ घण्टामा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ जना पुगेको छ । त्यस्तै, आज १ हजार २...
विराटनगर, १७ कात्तिक । डिल्लीबजार कारागारबाट मोरङ सरुवा गरि विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई आन्दोलन गरेर अन्य कैदीबन्दीले छिर्न नदिएपछि सप्तरी लगिएको छ । मंगलबार बिहान विराटनगरस्थित मोरङ कारागारमा गुण्डा नाइके गिरीलाई ल्याइएपनि अन्य...
विराटनगर, २४ साउन । प्रदेश १ सरकारले थालेका विकास निर्माण कार्यको लागत अत्यन्त महंगो भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् । आइतबार प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको २४ औँ बैठकको शुन्य समयमा बोल्दै नेकपा...
९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...
काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक...