टि–२० क्रिकेट प्रतियोगिता : इलाम र झापाको रोमाञ्चक जित
बिहिबार, १४ चैत, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकाल्दै दुई अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो । इलामले दिएको ११४ रनको लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सिमित भयो । मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए । उनले दुई चौक्का र एक छक्का प्रहार गरे । मिनाश थापाले २२ बलमा ३२ रनको योगदान दिए । इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २–२ विकेट लिए । लभ कामतले १ विकेट लिए । यसअघि ब्याटिङ गरेको इलामले १९.दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११३ रन बनाएको थियो । सिवान्श बजगाइले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौका प्रहार गरे । इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए । मोरङका बलर अर्मन अली र मिनाश थापाले समान ३–३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद २ हजार पाँच सय पाए । दोस्रो खेलमा झापाले सुनसरीलाई ६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा सुनसरीको यो दोस्रो हारसँगै खेलबाट बाहिरिएको छ । टस जितरे ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११७ रन बनाएको थियो । झापाको जितको लागि संगम बुढाथोकीले सर्वाधिक २१ बलमा २६ रन बनाए । भुपाल डाँगीले २५ बलमा २२ रन पारी खेल्दा झापा दिपु भुजेल र भुपेस गौतमलले समान २१–२१ रनको योगदान गरे । झापाका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन । सुनसरीका शिरान यादव र सोनु मण्डलले समान २–२ विकेट लिए । शिरानले ४ ओभरमा २९ रन खर्चिए भने सोनुले २ ओभरमा १५ रन खर्चिए । त्यसअघि सुनसरीले २० ओभरमा ६ विकेटको क्षतिमा १११ रनमा सिमित भयो । सुनसरीका गौरव कटुवालले ३१ रन पारी खेल्दा श्रीजन २२ रन र सोनु मण्डले १८ रनको योगदान दिए । झापाका विजय कार्की र सुरन्जन राईले समान २–२ विकेट लिए भने संगम बुढाथोकीले १ विकेट लिए । संगम खेलको प्यलेर अफ द म्याच घोषित भए । शुक्रबार आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी र झापा जिल्लाबीच खेल हुनेछ ।
काठमाडौं, ४ भदौ । सदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिदैछ । आज कार्यालय समय शुरु हुनासाथ...
विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...
विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...
एजेन्सी, जेठ २४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेभिड-१९ संक्रमणबाट बच्नका लागि आफ्नो देशले २० लाख भ्याक्सीन बनाएकाे दाबी गरेका छन् । भ्याक्सीन प्रयाेग गर्नका लागि तयार भइसके पनि वैज्ञानिकबाट प्रमाणित हुन बाँकी रहेकाे उनकाे भनाइ छ...
विराटनगर । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले हिसान स्पोर्ट्स मिटमा सहभागि हुने खेलाडीहरुलाई सम्मान गरेको छ । कलेजमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । कान्तिपुरले हिसान स्पोर्टस् विकमा क्रिकेटमा साविक...
काठमाडौं, ९ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । त्यस्तै, आज...
विराटनगर, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन,सुनसरीले कोरोना महामारिको समयमा पनि शासकहरू चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ सुरक्षा माथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ । युवा संगठन,सुनसरीका जिल्ला संयोजक...
काठमाडौं, १ मंसिर-पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा १ हजार १ सय ९७ जना...