विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक ¥याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक ¥याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरु भएको ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । ¥यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो । ‘छारेरोग बारे घर– घर, टोल टोलमा कुरा गरौँ, छारेरोग सरुवा रोग होइन, समयमै उपचार गरे छारेरोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना ¥यालीमा सहभागी रहेका थिए । न्युरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारेरोग दिवसमा सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । समयमै उपचार गरौं, छारेरोगबाट बचौँ भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मूलक कार्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरूमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्युरो हस्पिटल अग्रसर भएर लागी पर्दै अभियान सुरु गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्युरो हस्पिटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रवाह गरेको कारणले यो अस्पताल बिरामीहरूको लागि रोजाइको पहिलो गन्तव्य बन्ने गरेको छ । कार्यक्रममा बोल्दै न्यूरो हस्पिटलका न्यूरोलोजिष्ट डा सुदनन्द पौडेलले छारेरोग पनि निको पार्न सकिने रोग भएको बताए । ‘यो कुनै दैवी÷राक्षसी, पुनर्जन्मको प्रतिफल, देवता लाग्ने, लागो लाग्ने रोग होइन भनेर विज्ञानले प्रमाणित गरिसकेको छ । छारे रोगी पनि तपाईं हामी जस्तै साधारण मानिस हुन् । उनीहरुलाई पनि माया गरेर नियमित उपचार गरेर भेदभाव नगरिकन समाजमा साधारण मानिस सरह जीवनयापन गर्न प्रोत्साहन गर्नुपर्छ । उपचारको क्रममा औषधि नटुटाइ खाने र आफू खुसी बन्द नगर्न सहयोग पु¥याउनु पर्छ,’ उनले भने, ‘ चिकित्सकसँग उचित परामर्श गरेर औषधी सेवनले यो रोग निको हुन्छ ।’ समाजमा अझैपनि यस रोगप्रति विद्यमान नकारात्मक भावना हटाउन चेतनामूलक कार्यक्रमहरु समयसमयमा गरिनु जरुरी रहेको उनले बताए ।
विराटनगर ११ भदौ-प्रदेश १ मा बिहिबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १÷१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र...
काठमाडौं, २ साउन-नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित भएका छन् । भारतीय समाचार च्यालनहरूले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरू संगठित भएका हुन् । भारतीय न्यूज च्यानलले नेपाल र...
काठमाडौं, २५ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा ६ सय ३ महिला र...
विराटनगर । चर्चित वरिष्ठ न्यूरो सर्जन डाक्टर याम बहादुर रोककालाई सम्मान र विदाई कार्यक्रम गरेको छ । नेपाल चिकित्सक संघ (एनएमए) कोशी प्रदेशले रोकालाई बिहीबार विहान सम्मान र विदाइ कार्यक्रम गरेको हो ।विराटनगरमा बसेर पूर्व...
विराटनगर ३ साउन–प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १÷१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको...
विराटनगर, ५ मंसिर–श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा मनाएका छन् । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन्...
विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशले दुई जना महिला नेत्रीलाई सम्मान गरेको छ । खेलकुद विकास बोर्डका संस्थापक सदस्य, नेकपा एमाले केशी प्रदेश सदस्य तथा नेपाल खेलकुद महासंघका स्थायी कमिटि सदस्य सन्तोषी श्रेष्ठ र...
काठमाडौं, ३ जेठ-कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ । धुलिखेल अस्पतालले मृत्युबारे...