अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न
आइतबार, १० चैत, २०८१,
न्यूज विराट
विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ संघीय कार्यसमिति सदस्य तथा कोशी प्रदेशको वकालत समितिका संयोजक मदन कुमार बोहराले अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण भएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ निर्माण भए पनि अझै धेरै अधिकारहरू कार्यान्वयनमा नआएको औंल्याए। कार्यशालामा ११ सदस्यीय वकालत समिति गठन गरिएको छ, जसको संयोजकमा मदन कुमार बोहरालाई चयन गरिएको छ। यो समितिले मौजुदा कानुनहरुको विश्लेषण गर्नुका साथै अपाङ्गता क्षेत्रमा कानुनबमोजिम छुट्टै नीति तथा कानुन निर्माणको लागि पैरवी गर्ने जिम्मेवारी पाएको छ। अपाङ्ग महासंघ कोशी प्रदेशका व्यवस्थापक सरोज नेपालीले कार्यक्रममा बोल्दै प्रदेश तहमा अपाङ्गता मैत्री नीति निर्माण गरिनुपर्ने आवश्यकतामा जोड दिए। उनले १२ कक्षा पछिको शिक्षामा निरन्तरता, स्वास्थ्य बीमा सुनिश्चितता, समावेशी शिक्षा र सरकारी निकायहरूमा दोभाषेको व्यवस्था गरिनुपर्ने माग राखे। कार्यक्रममा अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाका करिब २० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सहभागीहरुले सार्वजनिक भौतिक संरचनाहरू अपाङ्गता मैत्री बनाउनुपर्ने, स्वास्थ्य जाँचमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने लगायतका विषयहरुमा जोड दिए। यस कार्यशालाले अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरण र अधिकार सुनिश्चित गर्न स्थानीय र प्रदेश तहमा अपाङ्गता मैत्री नीति तथा कानुन निर्माणको आधार तयार गरेको छ। समितिले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारसँग समन्वय गरी काम गर्ने योजना बनाएको छ।
काठमाडौं, २३ जेठ-राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भोकमरीका कारण जनताको मृत्यु...
पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...
विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् । सुवेदीले १...
विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...
विराटनगर, १५ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । विराटनगरमा प्रदेश सरकार,...
विराटनगर । सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी (बिओपी) रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो । स...
विराटनगर, २१ पुस-प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले...