मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना, २४ वर्षीय चालकको मृत्यु

 न्यूज विराट
मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना, २४ वर्षीय चालकको मृत्यु

विराटनगर । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय चालकको निधन भएको छ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बूढीगंगा गाउँपालिका ३ स्थित महालक्ष्मी वायरअगाडि राति करिब १० ः ४५ बजे मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। दुर्घटनामा उदयपुरको पञ्चावती घर भई हाल बूढीगंगा २ मा बस्दै आएका चालक आशिष राईको मृत्यु भएको छ।

दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायव निरीक्षक भुवन श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका चालकलाई तत्काल उद्धार गरी विराट शिक्षण अस्पताल लगेको थियो। तर अस्पताल पुर्‍याउनासाथ राति ११ ः०५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार एम्बुलेन्स दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा जाँदै गर्दा अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। एम्बुलेन्स कहाँबाट कहाँ जाँदै थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
दुर्घटनामा क्षतिग्रस्त एम्बुलेन्स हाल प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार

विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन

विराटनगर, १९ मंसिर–प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन...

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ । उक्त सम्मेलनमा उपत्यका बाहिरका ७...

प्रधानमन्त्रीले ट्वीट गर्दै भनेः भोलि बिहान ८ बजे ताली बजाउनुहोस्

काठमाडौं, ३०-चैतप्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघ...

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने

विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...

मिस कोशीको फाइनल शनिबार, कसको शिरमा पहिरेला ताज ?

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...

विराटनगरमा छठको रौनक, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

विराटनगर । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्