विराटनगर । विराटनगरमा तेली कल्याण समाज नेपालद्वारा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार होली मिन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । समाजका महानगर अध्यक्ष सञ्जय कुमार साहको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समाजका जिल्ला अध्यक्ष डा. बालकृष्ण साह रहेका थिए । उनले रंगको पर्व होलीले समाजमा भाइचारा कायममा ठुलो सहयोग पुग्ने बताए । कार्यक्रममा गढी गाउँपालिकाकी उपमेयर अनिता कुमारी साह, पूर्व मुख्यमन्त्रीका प्रेस सल्लाहकार देव नारायण साह, मैथिली एशोसिएसन नेपालका अध्यक्ष प्रविण नारायण चौधरी, उपाध्यक्ष पंकज वर्मा, अभा फाउन्डेसनका संस्थापक अभा अनुपना लगायत समाजका जिल्ला पदाधिकारी तथा सल्लाहकारहरूको उपस्थिती रहेको थियो । कार्यक्रमले समुदायभित्र आपसी सम्बन्ध सुदृढ बनाउने, संस्कृतिको जगेर्ना गर्ने तथा सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजक समितिले जनाएको छ ।
विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...
विराटनगर/ काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ ।प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे...
विराटनगर, ६ भदौ–मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । भारतीय मजदुरका कारण कोरोना संक्रमण फैलिएपछि बन्द भएको सो उद्योग शनिबारबाट पुनः सञ्चालनमा आएको हो । उद्योगमा कार्यरत ६०० बढि मजदुर...
विराटनगर, ६ मंसिर । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण...
विराटनगर । विराटनगरमा रहेको ग्रेडेड स्कुलमा एक दिने फुड फिस्टा आयोजना गरेको छ । बिद्यालय परिसरमा उक्त फुट फिस्टा आयोजना गरेको हो । कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुलाइ...
काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...
काठमाडौं । पाकिस्तानले आर्थिक संकटसँग जुध्नका निमित्त संयुक्त राज्य अमेरिकासँग मद्धतको अपिल गरेको छ । अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार पाकिस्तान आर्मीका चिफ कमर जावेद बाजवाले अमेरिकाका उप-विदेश मन्त्री वेन्डी सरमनसँग अन्तराष्टिय मुद्रा कोषबाट पाकिस्तानलाई...
काभ्रेपलाञ्चोक, २ वैशाख-काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा...