सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

 न्यूज विराट
सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

काभ्रेपलाञ्चोक, २ वैशाख-काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ ।

सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी सोमबार नै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए ।

धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न सोमबार साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, ‘सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।’ प्रजिअ तिमल्सिनाका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ ।

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ ।कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा ती तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ ।उक्त अपार्टमेन्टमा सोमबार नै सिल गरिएको छ । ५ वटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् । रासस

सम्बन्धित समाचार

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन, राष्ट्रियसभामा भुसाल

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल सर्वसम्मत रूपमा चयन भएका छन् । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । नेपाल एकीकृत समाजवादीका अध्यक्ष पनि हुन्...

मौरीपालन व्यवसाय : दामसंगै नाम

तनहुँ, २८ असोज-व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

विराटनगर, ६ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३ सय ६५ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या...

अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ:दुगड

काठमाडौं । नेकपा (एमाले)का उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोति दुगडले देशको अर्थव्यवस्था सुधार्न आर्थिक संकटकाल लगाउनुपर्ने बताएका छन् । आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा उनले देशको आर्थिक अवस्था...

विद्यालयले नैतिक शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विद्यालय तहदेखि नैतिक शिक्षा दिएर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।उनले...

राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई...

पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण

एजेन्सी, असार १५-कारोबार भैरहेकै बेला पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, दुईको मृत्यु कैयन् घाइते पाकिस्तानको पाकिस्तान स्टक एक्सचेन्जमा कारोबार भइरहेकै समयमा आक्रमण भएको छ । पाकिस्तानको कराँचीस्थित सो स्टक  एक्सचेन्जमा बन्दुकधारीको समूहले ग्रिनेड र बन्दुकले...

मेयर राजवंशीले गरे केचना डेरीलाई ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण

विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्