विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको नमुना विद्या मन्दिर स्कुलले सातौं वार्षिकउत्सव तथा दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । स्कुलले विराटनगरको आरोहण गुरूकुलमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवसँगै युकेजीबाट कक्षा १ मा प्रवेश गरेका ४८ जना विद्यार्थीहरुलाई पनि दिक्षित गरिएको स्कुलका प्रिन्सिपल शिव प्रसाद अधिकारीले जानकारी दिए । दिक्षित भएका विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसर पारेर स्कुलले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरुले नृत्य, गायनलगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरि सहभागि भएका प्रमुख अतिथि, अतिथि, अभिभावक र शिक्षकहरुलाई दिनभरी रमाइलो प्रदान गरे । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कोइरालाले गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल शिव प्रसाद अधिकारीले स्थापाना कालदेखिनै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको बताए । विद्यार्थीहरुलाई नैतिक शिक्षासँगै व्यवहारिक शिक्षा दिदै आएको उनले बताए । कार्यक्रममा प्याब्सन विराटनगरका उपाध्यक्ष अकोश लामा, हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खड्का, विभिन्न विद्यालयहरुका प्रिन्सिपल, शिक्षकहरु र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
विराटनगर । अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण गरिने भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । शिक्षा सम्बन्धी...
विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडौं, ३ जेठ-नेपाल एयरलाइन्सले जापानामा रहेका २ जना नेपाललाई सशर्त नेपाल ल्याएको छ । शुक्रबार जापानको लागि उडान गरेको नेपाल एयरलाइन्सले शनिबार २ नेपालीसहित नेपालका लागि जापानाका राजदूतलाई बोकेर फर्किएको अध्यागमन विभागले जनाएको छ ।...
विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...
विराटनगर, फागुन २२–कोभिड १९ भनिने कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि झापाका सीमाक्षेत्रसहित भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । भद्रपुर विमानस्थल परिसरमा बिहिबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना...
विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा...
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...
विराटनगर, २१ पुस-झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोचरसाइकल चालकको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको...