पूर्वाञ्चल विद्या सदनमा स्वास्थ्य शिविर, चार सय बढी विद्यार्थीले गरे स्वास्थ्य परीक्षण

 न्यूज विराट
पूर्वाञ्चल विद्या सदनमा स्वास्थ्य शिविर, चार सय बढी विद्यार्थीले गरे स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरुले स्वास्थ्य जाँच गरिएको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । विराट मेडिकल कलेजबाट आएका विशेषज्ञ चिकित्सकहरुले पूर्वाञ्चल विद्या सदनमा अध्ययरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेका थिए । विरामीहरुको स्वास्थ्य परीक्षण मेडिसिन विभागका डक्टर फुलगेन नायक, आँखा विभाग डक्टर रेश्मा बराल , डा सुनदा भारती रञ्जना पण्डित, बाल रोग विशेषज्ञ डाक्टर अनिल रेग्मी, दन्तरोग विशेषज्ञ डक्टर मेघा खत्री क्षेत्री, नर्सिङ विभागकी सरस्वती थापा मगर र हरि मेहताले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य परीक्षण गरिएका विरामीको थप उपचार गर्नुपरे विराट मेडिकल कलेजमा सौलियतमा उपचार हुने बताइएको छ ।
स्वास्थ्य शिविरमा मेडिकल कलेजबाट आएका अस्पताल प्रतिनिधि कामेश्वर पण्डित र जिनेन्द्र कुमार मेहताको पनि उपस्थिती रहेको थियो । शिविरमा विद्यालयका शिक्षक कर्मचारी साथ २५० भन्दा बढी अभिभावकहरूले समेत स्वास्थ्य जाँच गराए।

सम्बन्धित समाचार

अध्यक्षका छोराले तोडफोड गरे ग्रामथान गाउँपालिकाको गाडी

विराटनगर, ८ असार । गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए ।...

विराटनगरमा पनि काट्न थालियो तार

विराटनगर, १६ असोज । लामो समयदेखि पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विराटनगरमा पनि केवल तथा इन्टरनेटको तार काट्न थालेको छ । यससँगै विराटनगरका विभिन्न स्थानमा इन्टरनेट र केवल सेवा अवरुद्ध भएको छ । २०७३...

प्रहरी प्रधान कार्यालयका ८५ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ साउन-नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको  प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई छाता वितरण

विराटनगर, २६ साउन। शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई छाता वितरण गरेको छ । गर्मी र वर्षाका कारण विद्यालय जानबाट वञ्चित विद्यार्थीहरुलाई क्लबले छाता वितरण गरेको...

लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री

काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले...

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न लागि परेको छु : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेट खर्च नहुने...

मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाः न फस्टाए, न मोटाए थप

चितवन,  २६ जेठ-कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । २०७३ मा आरक्षबाट १२ वटा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्