विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ ।
पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई ९२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले ४० रन बनाउँदा प्रेम कामतले ३६ रनको योगदान दिए । विनायकका शिभम पासवानले १ विकेट लिए ।
१ सय ७८ रनको लक्ष्य पछ्याएको विनायकले १४ औं ओभरमा सवै विकेट गुमाई ८५ रनमा सिमित भयो । विनायकका प्रनेश गुरुङले सर्वाधिक २१ रनको योगदान दिए । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले ४ विकेट लिए ।
दोस्रो खेलमा ग्रिनपिस स्कुलले सत्यनारायण स्कुललाई ४७ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३० रन बनाएको थियो । ग्रिनपिसकालागि मुर्सिद आलमले सर्वाधिक ४० रनको योगदान दिए । सत्यनारायणका शत्रुधन चौधरीले २ विकेट लिए ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको सत्यनारायणले १५ ओभरमा सवै विकेट गुमाई ८५ रनमा सिमित भयो । सत्यनारायणका साइमन कामतले सर्वाधिक २० रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मिराज शेख र सद्धाम आलमले ३–३ विकेट लिए ।
विराटनगर, २२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रका लागि प्रयाप्त तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो...
जनकपुर, ८ जेठ-रौतहटमा एउटा पोखरीको डिलमा १० लाख १० हजार रूपैयाँ बरामत गरिएको छ । जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो । डुमरिया...
धनगढी, १ असार-कैलालीको लम्कीमा क्वारेन्टाइनमा रहेकी महिनामाथि सामूहिक बलात्कारको आरोप लागेका तीनै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलाले आफूमाथी जबरजस्ती करणी भएको भन्दै...
काठमाडौं, २५ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध...
अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खसेको छ । रकेटको धेरैजसो भाग वायुमण्डलमै जलेको स्पेस इन्जिनियरिङलाई उद्धृत गर्दै चिनियाँ मिडियाले उल्लेख गरेका छन् । अन्तरिक्षमा चासो राख्ने संसारका थुप्रै मानिसले चीनको ‘लन्ग...
विराटनगर । विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी सोमबारदेखि संचालनमा ल्याएको हो । उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन...
विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग...
काठमाडौं, जेठ २-कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने निर्णय गरेकाे हो । स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले...