तेली कल्याण समाजमा स्वास्थ्यकर्मी संगठित, अध्यक्षमा डाक्टर दिलिप कुमार साह
बुधबार, ०७ फागुन, २०८१,
न्यूज विराट
विराटनगर । तेली कल्याण समाज नेपालले स्वास्थ्यकर्मीहरुको छुट्टै तदर्थ समिति गठन गरेको छ । विराटनगरमा भएको संघको प्रथम अधिवेशनले उक्त समिति गठन गरेको हो । समितिको अध्यक्षमा विराट मेडिकल कलेजमा कार्यरत नेफ्रोलोजिष्ट डाक्टर दिलिप कुमार साह रहेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा वैद्यनाथ साह, उपाध्यक्षहरुमा डा. अम्बिका साह र हरीशंकर साह, सचिवमा सज्जन साह, सहसचिव तेज नारायण साह, कोषाध्यक्षमा जगत लाल साह, सहकोषाध्यक्ष रञ्जन कुमारी साह रहेका छन् । सदस्यहरुमा नरेश कुमार साह, विजय कुमार साह, जय नारायण साह, डा. अमित प्रताप साह, डा. सचिदानन्द साह, दिविशा साह, शारदा भवानी, सुमन साह, मनोज कुमार साह र डा. अरविन्द साह रहेका छन् । मधेशी सामुदायमा थुप्रै स्वास्थ्यकर्मीहरु हुनु गर्वका विषय भएको बताउदै आफ्नो कुल बंशको गरिमा कायम राख्न, संस्कार, संस्कृति र पहिचान जोगाउन लाग्नुपर्ने तेली कल्याण समाजका अध्यक्ष डा. बालकृष्ण साहले बताए । नवनिर्वाचित अध्यक्ष डा. दिलिप कुमार साहले आफ्नो समाजको उत्थान तथा सेवाका निमित्त आफू र आफ्नो समिति सदैव सकृय रहने बताए । कार्यक्रममा तेली कल्याण समाज, झापा जिल्ला सल्लाहकार डा. सुर्य नारायण साह, मोरङ जिल्ला सहसचिव सन्तोष साह, सदस्यहरु गणेश कुमार साह, शत्रुधन साह, विराटनगर अध्यक्ष सञ्जय कुमार साह, लगायतको सहभागिता रहेको थियो ।
एजेन्सी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपचका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि...
जनकपुरधाम, ३ वैशाख-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपत्यकालगायतका स्थानमा फसेका नागरिकको राहतका विषयमा सरकारले गरेका निर्णय प्रभावकारी बन्न नसकेको बताएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पैदल...
विराटनगर, ९ भदौ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग मंगलबार छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन...
विराटनगर । मोरङमा तेली सामुदाय संगठीत भएर अगाडी बढेका छन् । मोरङको स्थानीय तहरूमा तेली समाज गठन गरेर अहिले संगठित भएर अगाडी बढेका हुन् । विभिन्न नाममा रहेको तेली समुदायका जातिय संस्थाहरु एक हुँदै गएर...
मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले ठक्कर...
काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा...
एजेन्सी, १ असोज-अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको...