विराटनगरमा दुर्घटना, एक जना महिलाको मृत्यु

 न्यूज विराट
विराटनगरमा दुर्घटना, एक जना महिलाको मृत्यु

विराटनगर । विराटनगर–१० सोमबारे चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४६ प २३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का अन्दाजी १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर छ । दुवै जनाको कोशी अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर लम्सालले बताए । दुर्घटनामा परेर दुवै सवारीसाधन पूर्णरूपले क्षतिग्रस्त बनेका छन् ।

सम्बन्धित समाचार

मेगा सहकारीद्धारा स्वरोजगार कर्जा अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कर्जा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो ।स्वरोजगार कोषको सहुलियत ऋण कर्जा मेगाले नेपाल सरकार युवा तथा स्वरोजगार...

निजी पेट्रोल पम्पलाई हप्तामा १ पटक मात्र आपूर्ति

काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट...

मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री आचार्य

विराटनगर, ११ भदौ । बिहीबार मुख्यमन्त्री पदको शपथ लिइ कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । मुख्यमन्त्री बनेको भोलिपल्ट नै उनले केही मन्त्री नियुक्त गर्न लागेका हुन् । स्रोतका...

आजदेखि ४ दिन भारी वर्षाको सम्भावना

काठमाडौं, १२ साउन-नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो ४ दिनसम्म मौसम नखुल्ने भएको छ । मौसमविद्का अनुसार अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि अझै ४ दिन मौसम नखुल्ने भएको हो ।...

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

काठमाडौं, २९ माघ । हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ । नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने...

जसपाको ठाकुर-महतो पक्षले गर्यो निर्वाचन घोषणाको स्वागत, प्रधानमन्त्रीसँग अरु बिकल्प नरहेको ठहर

काठमाडौं, जेठ ८ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ। जसपाको ठाकुर महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टी...

बनारस पुगे प्रधानमन्त्री देउवा, आदित्यनाथले गरे स्वागत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । बनारसमा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । भारत सरकारले विशेष विमानबाट...

दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्