विराटनगर । विराटनगर – १ मा रहेको डनबस्को स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विज्ञान प्रर्दशनी गरिएको हो । विज्ञान प्रर्दशनीको उदघटन विराटनगर १ का कार्यवहाक अध्यक्ष लक्ष्मी राईले गरिन् । प्रर्दशनीमा डानबस्को स्कुलको नर्सरीदेखि कक्षा १० सम्म करिब ४ सय बढी विद्यार्थीहरुले भाग लिएको कार्यक्रम संयोजक करन केसीले जानकारी दिए । विद्यार्थीहरुले वाटर पियुरिफाइ, हाइड्रोजन ग्यास, सेक्युरिटी सिटमलगायतका एक दर्जन बढी विद्यार्थीहरुले बनाएको सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले विद्यालयले प्रर्दशनी गरिएको स्कुलका प्रिन्सिपल फादर अजय प्रधानले जानकारी दिए । गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले विज्ञान प्रर्दशनी गरिएको उनले बताए ।
उदयपुर, २० वैशाख-प्रतिनिधिसभाका सांसद डा. नारायण खड्काले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।पीपीई, सर्जिलक र एन ९५ मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्सलगायतका सामाग्री लिएर काठमाडौंबाट उदयपुर आएका डा. खड्काले शुक्रबार...
एजेन्सी, साउन १-अक्सफोर्ड युनिभर्सिटी र फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकाले तयार गरेको कोरोना भ्याक्सिन परीक्षणको नतिजा आज आउन सक्ने बताइएको छ । बेलायतको आइटिभी नेटवर्कका राजनीतिक सम्पादक रोबर्ट पेस्टनले विशेष सुत्रको हवाला दिँदै परीक्षणको नतिजा आजै आउन...
vमधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा...
काठमाडौं, १ असोज-राष्ट्रियसभामा मनोनीत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले शपथग्रहण गरेका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथग्रहण गराएका हुन् । गौतमलाई राष्ट्रियसभा सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मनोनीत...
काठमाडौं, १५ असोज-नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ साल १ कात्तिक शनिबारदेखि नेपालीको महान् चाड बडा दसैँ सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने...
काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने भएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम आज सचिवालय बैठक बस्न लागेको...
काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । ...
एजेन्सी, १० माघ । तालिबानकाे एक प्रतिनिधिमण्डलले नर्वेमा आज पश्चिमी देशका अधिकारीसँग बैठक गरिरहेका छन् । अफगानिस्तान कब्जा गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान प्रतिनिधिमण्डलको यो पहिलो भेट हुनेछ । तीन दिवसीय बैठकमा मानवाधिकार र मानव...