एक्स्पोले आर्थिक क्षेत्र चलायमन बनाउँछ : नन्दकिशोर राठी
शनिबार, १२ माघ, २०८१,
न्यूज विराट
विराटनगर । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पोले आर्थिक क्षेत्र चलामयन बनाएर अगाडी लैजाने बताएका छन् । विराटनगरमा शनिबारदेखि सुरु भएको विराट एक्स्पोको उद्घाटन शत्रमा धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन् । यस्तो एक्स्पोमाले आर्थिक क्षेत्र चलायमन बनाउन ठूलो सहयोग पुग्ने वरिष्ठ उपाध्यक्ष राठीले बताए । विराट एक्स्पोमाले उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत आर्थिक गतिविधिहरुमा सरोकार राख्ने सबै क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेर चलायमन बनाउन सहयोग पुर्याउने उनले बताए । ‘डिजिटल कोशीको थिममा आयोजना गरिएको विराट एक्स्पोलाई युवा लक्षित तालिम, सेमिनरहरु रोजगारले विद्यार्थीहरुलाई आफ्नो करियरको मार्गदिशा कोर्न ठूलो सहयोग पुर्याउनेछ,’ वरिष्ठ उपाध्यक्ष राठीले भने ।
उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशमा २ सय ६८ स्टलबाट औद्योगिक एवं व्यापारिक सामानको विक्री र प्रचार–प्रसार भइरहेको बताए । पछिल्लो समय विद्यार्थीहरु रोजगारका लागि विदेश पलायन भइरहेकोले त्यसलाई रोक्नका लागि २ हजार ५ सय विद्यार्थीलाई विराट एक्स्पो मार्फत सीप मूलक तालिम दिन लागेको संयोजक दुलालले बताए । माघ २० गतेसम्म चल्ने एक्स्पोमा २६८ वटा स्टल रहेको छ ।
विराटनगर, २४ साउन । प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उठेका प्रश्नको भूमी, व्यवस्था, कृषि तथा...
प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न संघीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताएका छन् । उनले प्रदेश प्रहरी लगायतका एकल अधिकार प्रदेशको भए पनि कतिपय एकल अधिकार केन्द्र सरकार...
काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखियो । विराटनगरमा ल्यान्डिङ गर्न समस्या आएपछि जहाज काठमाडौंमा फर्कियो । त्यतिञ्जेल...
सुर्खेत, १२ जेठ-कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजिटिभ देखिएका ५ जनाको थप परीक्षणका लागि नेपालगञ्ज पठाइएकोमा त्यहाँ पनि नतिजा पोजिटिभ देखिएको छ । नेपालञ्जमा गरिएको परीक्षणमा पाँचै जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक डा....
विराटनगर, ७ चैत । हिन्दुहरूको महत्वपूर्ण चाड होलीको अवसरमा महिला जागृतीसमूह विराटनगरले होलिमिलन कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगर स्थित होटल ह्यारीसनमा होली मिलन समारोह आयोजना गरेको हो । कार्यक्रममा महिला जागृती समूहकी अध्यक्ष...
विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरस्थित पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले सन्देशमुलक प्रर्दशन गरेका छन् । उनीहरुले विराटनगरको ट्राफिक चोकमा आज साझ सन्देशमुलक सामाग्रीहरु बोकेर प्रर्दशन गरेका हुन् ।पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले बुद्ध...
काठमाडौं, ६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा...
काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...