प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ - News Birat

प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ

न्यूज विराट

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका छन् ।

‘तपाइँको नितान्त व्यक्तिगत असन्तुष्टी र समीहिन कुण्ठा  र निहित स्वार्थ  लुकेको कृत्रिम आरोपको संगालो प्रथम दृष्टिमै खारेजयोग्य छ,’ उनले प्रतिवेदनमा भनेका छन् ।

ओलीले सरकार तथा पार्टी सञ्चालमा अध्यक्ष प्रचण्डबाट सहयोगसमेत नभएको आरोप लगाएका छन् । ‘जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग भयो होला ?’ ओलीको प्रश्न छ । गत २८ कात्तिकको सचिवालय बैठकमा पेस अध्यक्ष प्रचण्डले पेश गरेको  प्रतिवेदनको प्रत्युत्तर ओलीले शनिबार दिएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles