गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य
सोमबार, २९ पुष, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको छ । अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी लेभलदेखि आधारभूत तहसम्म मन्टेश्वरी विधि र पद्धतिलाई विशेष प्राथमिकतामा राखी अझ मजबुत रुपमा अगाडि बढाउँदै लैजाने विषयमा दुई स्कुलबीचमा सहकार्य भएको हो । किड्स भिलेज २०७० सालमा स्थापना भएको थियो भने मारिया किड्स २०७३ सालमा भएको थियो । विराटनगरको शिक्षालाई गुणस्तरीय बनाउनका लागि दुई स्कुलबिच सहकार्यको लागि सम्झौता भएको स्थापना भएको किड्स भिलेज स्कुलका प्रिन्सिपल बिजय दाहालले जानकारी दिए । बालबालिकाको मनोविज्ञानमा आधारित,समय सापेक्ष र अभिभावकको चाहना बमोजिम अभिभावकले खोजेको र रोजेको जस्तो शिक्षा प्रदान गर्न दुई स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सहकार्य गरिएको मारिया किड्स मन्टेश्वरीका प्रिन्सिपल मनिष पोखरेलले जानकारी दिए । विराटनगरको उत्तरी भेगमा अभिभावकको मन जित्न सफल हुँदै आएको मारिया किड्स मन्टेश्वरी र विराटनगर बजारमै उत्कृष्ट पहिचान बनाउन सफल किड्स भिलेज स्कुलबिचको सहकार्यले विराटनगरको शैक्षिक उन्नयनमा निकै ठूलो भूमिका निर्माण गर्न सक्ने अध्यक्ष मदन खतिवडाले बताए । किड्स भिलेज स्कुलमा आयोजित उक्त कार्यक्रममा किड्स भिलेज स्कुलका अध्यक्ष मदन खतिवडा, प्रिन्सिपल बिजय दाहाल, म्यानेजिङ डाइरेक्टर पंकज जैन, शिक्षक,कर्मचारी र मारिया किड्स मन्टेश्वरी स्कुलका प्रिन्सिपल मनिष पोखरेल, म्यानेजिङ डाइरेक्टर नवजित प्रधान, लेखा प्रमुख सिर्जना आचार्य, कोअर्डिनेटर प्रियंका दाहालको उपस्थिति रहेको थियो ।
काठमाडौँ, मंसिर ६ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ ।प्रदेश...
आग बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति पनि...
सप्तरी, ६ असोज-सप्तरीमा कोरोना भाइरस संक्रमित विष्णुपुर गाउँपालिका- १ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट...
जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...
काठमाडाैं, ४ वैशाख-कोरोनाका कारणा देश नै लकडाउनकाे अवस्थामा रहेकाे बेला कारोबार घट्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित भएर सक्रिय रहन आग्रह गरेको छ । लकडाउनका कारण बैंकिङ कारोबार घट्नुका साथै बैंकिङ तथ्यांकको अभाव...
एजेन्सी, जेठ १-कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा निको हुनेको संख्या ३ लाख १० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १४ हजार बढी व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । अहिले...
विराटनगर, १० असोज । कलवार समुदायको जातिय संस्था नेपाल कलवार कल्याण महासंघको सातौ केन्द्रीय वार्षिक साधारण सभा विराटनगरमा सुरु भएको छ । विराटनगरको रामजानकी सेवा सदनमा जारी वार्षिक साधारण सभामा देश भरिका कलवार जातिहरुको सहभागीता...
विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...