रोटरी क्लबलाई सिद्धार्थ बैंकको सहयोग

 न्यूज विराट
रोटरी क्लबलाई सिद्धार्थ बैंकको सहयोग

विराटनगर । रोटरी क्लबअफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकले सहयोग गरेको छ। बैकले एक कार्यक्रमकाबिच डाउनटाउनलाई ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।

डाउनटाउनले सिद्धार्थले उपलब्ध गराएको रकम इक्राहीमा बन्दै गरेको भवन र सेरेब्रल पाल्सी भएका बालबालिकाको हेरचाहमा खर्च गर्नेछ । बैंकका निर्देशक नरेन्द्र तोदीले चेक डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवाललाई हस्तान्तरण गरे ।

सीपी सेन्टर परियोजनाकी समन्वयक डा. ममता वर्माले हाल आदर्श विद्यालयमा सीपीका कक्षा संचालन भएकोमा सो ठाउँ साँघुरो भएकोले इक्राहीमा ४ कठ्ठा जग्गामा अत्याधुनिक भवनको निर्माण गरिँदै आएको बताइन् ।

बैंकका निर्देशक तोदीले डाउनटाउनले समाजमा उत्कृष्ट कार्य गर्दै आएको बताए । चेक हस्तान्तरणमा सिदार्थका कोशी प्रदेश प्रमुख कमल बस्नेत लगायत डाउनटाउनका पदाधिकारीको सहभागिता थियो । हाल कार्यक्रम अन्तर्गत आदर्शमा १५ मस्तिष्क पक्षघातबाट पीडित बालबालिकाको हेरचाह डाउनटाउनले गर्दै आएको छ।

सम्बन्धित समाचार

१६ एसएसपीकाे सरुवा र १९ काे पदस्थापन

काठमाडौं, १८ वैशाख- नेपाल प्रहरीका १६ एसएसपीको सरूवा गरिएको छ । साथै, आज नै १९ एसएसपीको पदस्थापन पनि भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले १७ वैशाखदेखि लागू...

हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...

अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

संघीय संसदमा चुच्चे नक्सासहितको नयाँ लोगो अध्यावधिक

काठमाडौं, १३ जेठ-संघीय संसद्को पुरानो लोगो प्रतिस्थापन गरेर नयाँ लोगी अध्यावधिक गरिएको छ । सरकारले नयाँ नक्सा जारी गरेर कार्यान्वयनमा लाएपछि सोहीअनुसार संघीय संसदमा पनि नयाँ लोगो अध्यावधिक गरिएको हो । मंगलबारदेखि संघीय संसद प्रतिनिधिसभा...

अर्किड कलेजको प्राचार्यमा सीएम श्रेष्ठ

विराटनगर । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका...

बूढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’, एक युवकको हत्या

विराटनगर, २९ कात्तिक । विराटनगरसँगै जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरमा गएराति युवाहरुबीच ग्याङ फाइट हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको मृत्यु भएको हो...

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्