एनएमएद्धारा सिएमई कार्यक्रम

 न्यूज विराट
एनएमएद्धारा सिएमई कार्यक्रम

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाले सिएमई कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शनिबार आयोजना गरेको हो ।
विशेषज्ञ चिकित्सकहरुले अनुभव र शोघहरु प्रस्तुत गरेर अन्य विशेषज्ञ चिकित्सकहरुको चिकित्सकिय सीप र ज्ञान कायम राख्न तथा अभिबृद्धि गर्न एवं चिकित्सा क्षेत्रमा नयाँ विकासहरू बारे जान्न सिएमई (कन्टिन्यु मेडिकल एजुकेसन) मद्दत गर्ने भएकाले कार्यक्रम आयोजना गरेको संघका महासचिव डा. बालकृष्ण साहले बताए ।

मुटु, क्यान्सर र न्युरो गरि ३ कार्यपत्रहरु प्रस्तुत गरिएको सो सिएमई कार्यक्रममा अध्यक्षता गरेको संघको साईन्टिफिक समितिका चियरमेन प्रोफेसर डा. शान्ति सुवेदीले सबैलाई स्वागत गर्दै विमारीहरुलाई उच्चतम सेवा दिन सिकाई कहिले नसकिने विचार राखेका थिए ।
भारतको मेदान्ता हर्ट ईन्स्टिच्युटका निर्देशक द्वय डा. प्रमोद कुमार र डा. अजय कुमार सिन्हाले मृटुका समस्या तथा एन्जियोप्लास्टी सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । सो प्रस्तुतिमा नोवेल अस्पतालका प्रोफेसर डा. राजेश नेपाल र संघका सल्लाहकार डा. नारायण कुमारले सहजिकरण गरेका थिए ।
त्यस्तै मेदान्ता क्यान्सर ईन्स्टिच्युट पटनाका सहनिर्देशक डा. सन्दिप कुमारले प्यान्क्रियाजमा हुने क्यान्सरका शल्यक्रिया सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । यस प्रस्तुतिमा विराट मेडिकल कलेजका एसिस्टेन्ट प्रोफेसर डा.शिवराज शर्मा र नोवेल मेडिकल कलेजका डा. प्रदिप भण्डारीले सहजिकरण गरेका थिए ।
तेस्रो प्रस्तुति नोवेल मेडिकल कलेजका प्रोफेसर डा. प्रकाश काफ्लेले मष्तिकको एन्युरिजमका उपचार सम्बन्धि गरेका थिए । सो प्रस्तुतिमा न्युरो–कार्डियो तथा मल्टिडिसिप्लेनरी अस्पतालका डा. यम बहादुर रोक्का र आर्या न्युरो अस्पतालका डा. पंकज नेपालले सहजिकरण गरेका थिए ।
करिब १ सय ५० चिकित्सकहरुको उपस्थिति रहेको थियो । सहभागी चिकित्सकहरु, सहजकर्ता तथा मेदान्ता अस्पताललाई समेत धन्यवाद दिदै संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले चिकित्सकहरुको हक हित र ज्ञान अभिवृद्धिका लागि संघ जहिल्यै पनि खुल्ला रहेको बताउदै कार्यक्रम समापन गरेका थिए ।
त्यसैगरी नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले पनि मुटु सम्बन्धी सचेता कार्यक्रम आयोजना गरेको छ । मेदान्ता अस्पतालसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । उक्त कार्यक्रममा औषधी व्यवसायी, विद्यार्थी, स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

दार्चुला, २ मंसिर-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्गरु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा ५/६ इन्च हिउँ जमेको छ । ती क्षेत्रका...

शनिबार देशभर थपिए ८८४ संक्रमित, ३१३ जना डिस्चार्ज

काठमाडौं, १३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

प्रेमिबाटै मोरङको पथरीमा ज्ञानमतिको हत्या, आरोपि सार्वजानिक

विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ । राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका...

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार,...

कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

काठमाडौं, १६ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो...

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

मोरङ ६(१) बाट माओवादीका जीवन आचार्य विजयी

विराटनगर । मोरङको क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जिवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका...

अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा मात्र ८४ हजार २ सय २८ को मृत्यु

संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका शक्तिशाली देशहरुमा नै मृत्यु हुनेको संख्या अधिक छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्