शिक्षादिपका विद्यार्थी नर्थ बेङ्गालको साईन्स सेन्टरमा, नेपालमै विज्ञान केन्द्र खोल्न माग

 न्यूज विराट
शिक्षादिपका विद्यार्थी नर्थ बेङ्गालको साईन्स सेन्टरमा, नेपालमै विज्ञान केन्द्र खोल्न माग

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरुले भारतको सिलगुडीस्थित नर्थ बेङ्गालको साईन्स सेन्टर अवलोकन गरेका छन् । उनीहरुले पढाइमा सिकेको कुरा प्रत्यक्ष रुपमा व्यवहारमा उतार्न कक्षा ११ मा कम्प्युटर साइन्स अध्ययन गर्दै आएका विद्यार्थीहरुलेसाइन्स सेन्टर अध्ययन अवलोकन गरेका हुन् ।

विज्ञान संकायका लिएर अध्ययन गरेका विद्यार्थीहरुको लागि विज्ञान केन्द्र हुन अनिवार्य हो । उनीहरुले पढेको कुरा व्यवहारिक रुपमा अभ्यासको लागि ल्याब आवश्यक पर्दछ । तर, नेपालमा विज्ञान सेन्टर नुहँदा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका विद्यार्थीहरु छिमेकी मुलुक भारतको सिलगुडीस्थित साइन्स सेन्टर जान बाध्य भएका छन् । त्यसैले शिक्षादीपका विद्यार्थी र शिक्षकहरुले सके देशभरीको सहरमा नभए सात प्रदेशहरुमा राज्यले एउटा साइन्स सेन्टर खोल्नुपर्ने माग राखेका छन् ।
नेपालमा भरपर्दो रुपमा साइन्स सेन्टर नहुदा विद्यार्थीहरुलाई लिएर भारतको सिलगुडी प्रत्येक वर्ष जानुपर्ने अवस्था रहेको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।

‘साइन्सका धेरै सम्भावना रहेको छ । साइन्स सेन्टर नेपालमा छैन । विद्यार्थीहरुलाई ११ र १२ विद्यार्थीले साइन्स पढ्ने गरेका छन् । विद्याथीहरुले किताबी ज्ञान मात्रै लिएका हुन्छन् । त्यो भनेको थेउरीकल हो । उनीहरुलाई प्राकिटल अभ्यास गराउनको लागि साइन्स सेन्टर आवश्यक पर्दछ । त्यो नेपालमा छैन । तेही भएर ५÷७ घण्टाको यात्रा गरेर छिमेकि मुलकु भारतको सिलगुडीमा आउनु पर्ने अवस्था छ,’ प्रिन्सिपल खड्काले भने, ‘ साइन्स सेन्टरमा विद्यार्थीले कितावी ज्ञान यहाँ आएपछि व्यवहारिक रुपमा प्रत्यक्ष हेर्न पाउँछन् । कम्प्युटर साइन्स लिएर अध्ययन गरेका विद्यार्थीहरुलाई हामी प्रत्येक वर्ष यहाँ आउनुपर्ने बाध्यता रहेको छ । त्यो पनि लाखौं रुपैयाँ खर्च हुने गरेको छ । फिजिक्समा पढेका कुराहरु प्राटिकल रुपमा अभ्यास र ज्ञान आर्जन गर्नको लागि हामीले एक दिने अध्ययन अवलोकन भम्रणमा लैजाने गरेका छौं ।’


राज्यले साइन्स सेन्टर नेपालको ७ प्रदेशको शहरहरुमा राख्नु पर्ने उनले माग राखे । ‘विज्ञान पढदै गरेका विद्यार्थीहरुले साइन्स सेन्टरको नाममा विदेश पैसा खर्च गर्न नपरोस भन्ने हाम्रो मान्यता हो । विद्यार्थीहरुले स्वदेशमै साइन्स सेन्टरमा गएर अभ्यास गर्न सक्नुपर्दछ । भारत सरकार अन्र्तगत सिलगुढीमा रहेको साइन्स सेन्टर रहेको हो । नेपालमा पनि यसरी खोल्न सकिन्छ । सक्दा प्रत्येक सहरमा खोल्नुपर्दछ । नभए प्रदेश प्रदेशमा एउटा साइन्स सेन्टर र आइटि ल्याब सरकारले स्थापना गर्न जरुरी छ,’ उनले भने ।
किताबी ज्ञानलाई व्यावहारिक रुपमा अभ्यास गर्दै अवलोकन गर्न पाउँदा पढाइमा सहजता भएको कक्षा ११ मा कम्प्युटर विज्ञान लिएर पढदै गरेकी छात्र प्रतिक भट्टराईले बताए । विद्यालयको पाठ्याक्रममा पढेको विभिन्न विषयलाई प्राक्टिकल रुपमा देख्ने अवसर पाएको कारणले पढाइमा थप सहजता भएको उनले बताए । साईन्स सेन्टरमा विद्यार्थीहरुले अन्तरिक्ष र खगोल विज्ञान, डिजिटल तारा मन्डल तथा अन्य विज्ञान विषयका आकर्षण ग्यालरी, विज्ञान पार्कहरुको अवलोकन गरेको शिक्षादिप कलेजका भौतिक शास्त्र र फिजिक्स शिक्षक दयानन्द सिंहले बताए ।
‘पाठ्यक्रममा भएका विषय वस्तुलाई विज्ञानसँग सम्बन्धीत रहेकाले यहाँ प्राक्टिकल रुपमा अध्ययन तथा अवलोकन गर्दा धेरै कुराहरुको ज्ञान हासिल भएको छ,’ उनले भने , ‘साइन्स सेन्टरमा तारा मन्डर हेरियो । जुन हामीले पाठ्यक्रममा पढेका थियौ । हामीले पढेको कुरा यहाँ आएर अभ्यास गर्न पाउँदा निक्कै उत्साहित भएका छौं ।’
शिक्षादिप कलेजमा कम्प्युटर साईन्स अध्ययनरत कक्षा ११ का ३ सय बढी विद्यार्थीलाई नर्थ बेङ्गालको साईन्स सेन्टरमा विज्ञान सम्बन्धी अध्ययन तथा अवलोकन गरेका हुन् ।

सम्बन्धित समाचार

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण देखियो

काठमाडौं, ५ माघ । नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ। केहि दिन अघि...

जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम, १ साउन-जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले...

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

झण्डै २ वर्षमा प्रतिनिधिसभामा नागरिकता विधेयक पेस

काठमाडौं, ९ असार-करिब २ वर्ष पुग्ने लाग्दा संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपाल नागरिकता (पहिलो...

उदयपुरमै कोरोना परीक्षण गर्न राजनीति दलको माग

उदयपुर, वैशाख १३-उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मुस्लिम समुदायका २८ जनामा कोरोना संक्रमित भेटिएपछि यहाँका राजनितिक दलहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।...

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारको चार जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम टिन्जामा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा,...

‘सुदर्शन–कपिला सिरपा’ नेवा खल : कास्कीलाई २ चैतमा प्रदान गरिदै, सांस्कृतिक स्मारिका समेत विमोचन हुने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यस पटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ । विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, धरानलाई पाँच गोल गर्दै दमक भेट्रान्स सेमिफाइनलमा

विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्