मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, धरानलाई पाँच गोल गर्दै दमक भेट्रान्स सेमिफाइनलमा

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, धरानलाई पाँच गोल गर्दै दमक भेट्रान्स सेमिफाइनलमा

विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो ।

दमकलाई जित दिलाउन सुवास आङथुपो सुब्बाले ह्याट्रिक गरे । यस्तै चन्द्र कुमार गिरी र विशाल राईले समान १÷१ गोल गरेका थिए ।

दमकले सातौँ मिनेटमा सुवासको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको आठौ र २३ औँ मिनेटमा सुवालले गोल गर्दै दमकको अग्रता ३–० को बनाएका थिए । २३ औँ मिनेटमा धरानका डिफेन्डर सुधन केसीको पेनाल्टी एरियामा हेण्ड भएपछि दमकलले पेनाल्टी पाएको थियो । पेनाल्टीमा सुवालले गोल गर्दा दमकको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औँ मिनेटमा चन्द्र कुमार गिरीले गोल गरेपछि पहिलो हाफमा दमक ४–० ले अगाडि रह्यो ।

पूरा समय धरानमाथि हाबी भएको दमकले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ४८ औँ मिनेटमा विशाल राईले गोल गर्दै दमकलाई जित दिलाउन सफल भए ।
धरानको तर्फबाट रवि कुमार राईले ४२ औँ र लक्ष्मी याक्खाले ६४ औँ मिनेटमा १÷१ गोल गरेका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच दमकका ह्याट्रिक गर्ने खेलाडी सुवास सुब्बा घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।
सोमबार दुई खेल हुने भएको छ । पहिलो खेल युनाईटेड भेट्रान्स क्लब विराटनगर र दुहबी भेट्रान्स क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बिर्तामोड भेट्रान्स र भरौल भेट्रान्सबीच प्रतिस्पर्धा हुने संयोजक मनोज खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार

निजी पेट्रोल पम्पलाई हप्तामा १ पटक मात्र आपूर्ति

काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट...

एक हप्तापछि आयोगको निर्णयले ठूलो भूकम्प ल्याउँछ : आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरंगित भएको बताएका छन् ।निर्वाचन आयोगले विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन आचारसंहिता...

राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई सांसद पदमा पुनर्बहाली गर्न आदेश दिएको हो । थापाले आफू...

यी हुन् प्रदेश १ का उत्कृष्ट २७ सामुदायिक विद्यालय

विराटनगर । प्रदेश १ को १४ जिल्लामा ५ हजार १ सय ३१ वटा सामुदायिक विद्यालयहरू रहेको मध्ये २७ वटा सर्वोउत्कृष्ट सामुदायिक विद्यालय रहेको पाइएको छ । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सुचक) पुरा गर्ने प्रदेशमा...

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी-पहिरोको जोखिम उच्च

काठमाडौँ, ७ भदौ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि...

कोरोना नियन्त्रणमा प्रदेश २ गैरजिम्मेवार भएको प्रभु शाहको आरोप

काठमाडौं, २९ चैत-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-२ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले...

लकडाउनमा अलपत्र भएका मुस्लिम समुदायलाई उद्धार गर्न माग

विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

विराटनगर, ७ मंसिर–पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३ सय ११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ९४, जिल्ला अस्पताल धनकुटाबाट नौ र विराट मेडिकल कलेजबाट आठ जना डिस्चार्ज भएका हुन ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्