हिमालय दर्शन कलेजका १ सय ११ विद्यार्थी दिक्षित

 न्यूज विराट
हिमालय दर्शन कलेजका १ सय ११ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका १ सय ११ जना विद्यार्थी दिक्षित भएका छन् । कलेजले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी बिबिएस, बिएचम, बिसिए, बिएससी सिएसआइटीका १ सय ११ जना विद्यार्थीलाई दिक्षित गरेको हो ।
दिक्षित भएका विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा बिजु थपलिया, कलेज प्रमुख भरत सापकोटो, निर्देशकहरु प्राडा प्रमोद कुमार झा, भेषराज शर्मा खतिवडा, शैलेन्द्र शिवाकोटी, ज्ञानबहादुर खड्कालगायतले प्रमाणपत्र वितरण गरेका थिए । बिबिएस, बिएचम, बिसिए, बिएससी सिएसआइटीको सेमिस्टर अध्ययन पूरा गरी उत्तिर्ण भएका विद्यार्थीहरुलाई दिक्षित गरिएको कलेज प्रमुख सापकोटाले बताए । उनले देशको लागि दक्ष जनशक्ति हिमालय दर्शन कलेजले उत्पादन गरेको बताए । गुणस्तरीय शिक्षासँगै कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा बिजु थपलियाले गुणस्तरीय शिक्षासँगै अहिलेको आवश्यकता प्रवधियुक्त शिक्षा रहेको बताए ।
सोही अवसरमा कलेज विभिन्न संकायमा टप गर्ने विद्यार्थीहरुलाई नगदसहित सम्मान पनि गरेको छ । कलेजले आठौं सेमिस्टकार टपरहरु बिएससी सिएसआइटीकी प्रतिभा कुमारी चौधरी, बीएचएमका दिपेन्द्र अधिकारी र बीआइएमकी पुजा पाण्डेलाई नगदसहित सम्मान गरियो । त्यसैगरी उत्कृष्ट विद्यार्थीहरु बीएससी सिएसआइटीका ममता कुमारी माझी थारु, बीसिएका सिवानी साह, बीआइएमका मेनुका थान्दार रबीएचएमका देब बहादुर श्रेष्ठलाई सम्मान गरिएको छ ।

सम्बन्धित समाचार

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : पटनासँग नेपाल पुलिस पराजित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्बलाई १२...

बढेका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २९ चैत-गत आइतबारदेखि नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कोरोना संक्रमित नभेटिएको बताएको हो । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित...

मन्त्रीको निर्देशनपछि झापाका २७ कोरोना संक्रमित बीपीमा भर्ना

विराटनगर, १७ जेठ-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनपछि सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना गरेको छ । झापाको कचनकवलका २७ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्त्री घिमिरे...

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । सामाजिक...

सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

काठमाडाैं, २८ वैशाख-उपत्यका नगरपालिका फोरमले सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकारलाई सहयाेग गर्ने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो...

२५ वैशाखपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने

काठमाडौं, २१ वैशाख-सरकारले २५ वैशाखपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो । ‘२५ सम्म लकडाउन छ । यो अवधिमा विद्यार्थीको...

पहिरोले अरुण नदी थुनियो

विराटनगर, ७ असार-संखुवासभाको मकालु गाउँपालिका–२ ओयाङ्गमा गएको पहिरोले आशिंक रुपमा अरुण नदी थुनिएको छ । मकालु गाउँपालिकाको २ र ५ को सीमानामा आज बिहान करिब ६ सय मिटर माथिबाट खसेको पहिरोले अरुण नदी थुनिँदा ताल...

कोरोना कहरः संक्रमितको संख्या साढे १८ लाख नाघ्यो, अमेरिकामा रोकिएन मृत्युको सिलसिला

काठमाडौं, १ वैशाख-विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या साढे १८ लाख नाघेको छ । गएको २४ घण्टामा ७२ हजार ५ सय थपिएसँगै संक्रमितको संख्या साढे १८ लाख नाघेको हो । त्यस्तै, आइतबार विश्वभर ५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्