कोरोना कहरः संक्रमितको संख्या साढे १८ लाख नाघ्यो, अमेरिकामा रोकिएन मृत्युको सिलसिला

 न्यूज विराट
कोरोना कहरः संक्रमितको संख्या साढे १८ लाख नाघ्यो, अमेरिकामा रोकिएन मृत्युको सिलसिला

काठमाडौं, १ वैशाख-विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या साढे १८ लाख नाघेको छ । गएको २४ घण्टामा ७२ हजार ५ सय थपिएसँगै संक्रमितको संख्या साढे १८ लाख नाघेको हो । त्यस्तै, आइतबार विश्वभर ५ हजार ४ सयले ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ५ लाख ६० हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये २२ हजारको मृत्यु हुँदा ३२ हजार ६ सय संक्रमित उपचारपछि घर फर्किएका छन् । अमेरिकामा २४ घण्टामा १५ सयको मृत्यु हुँदा २७ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि संक्रमितको संख्या इटालीमा बढी छ । त्यहाँ १ लाख ६६ हजार व्यक्ति संक्रमित हुँदा १७ हजारको मृत्यु र ६६ हजार बिरामी निको भइसकेका छन् ।

इटालीमा १ लाख ५६ हजार संक्रमितमध्ये १९ हजार ८ सयको ज्यान गएको छ । फ्रान्समा संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय नाघेको छ । त्यहाँ सोमबार बिहानसम्म १४ हजार ३ सयको मृत्यु हुँदा २७ हजार व्यक्ति अस्पतालबाट सिस्चार्ज भइसकेका छन् ।

जर्मनीका संक्रमित हुने मानिसको संख्या १ लाख २७ हजार बढी छ । जसमध्ये आज बिहानसम्म ३ हजारको मृत्यु हुँदा ६० हजार व्यक्ति उपचार गरेर घर फिर्ता भइसकेका छन् । बेलायतमा संक्रमितको संख्या ८४ हजार नाघेको छ । जसमध्ये १० हजार ६ मानिसले ज्यान गुमाएका छन् ।

चीनमा ८२ हजार, इरानमा ७१ हजार, टर्कीमा ५६ हजार, बेल्जियममा २९ हजार, नेदरल्याण्ड्स, स्विट्जरल्याण्डमा २५/२५ हजार, क्यानाडामा २४ हजार, ब्राजिलमा २२, पोर्चुगलमा १६ हजार, रसियामा १५, अष्ट्रेलियामा १३, इजरायलमा ११, दक्षिण कोरिया, स्वीडेनमा १०/१० हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् ।

वर्ल्डमीटर इन्फोका अनुसार छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ९ हजार नाघेको छ । जसमध्ये ३३१ जनाको ज्यान गइसकेको छ । १ हजार ८१ संक्रमित भने उपचारपछि घर फर्किसकेका छन् । गएको २४ घण्टामा ७५९ नयाँ संक्रमित थपिँदा ४३ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा सोमबार बिहानसम्म १२ व्यक्तिमा कोरोना पुष्टि भइसकेका छ । जसमध्ये १ जना उपचारपछि घर फर्किदा बाँकी ११ संक्रमितको विभिन्न अस्पतालमा उपचार जारी छ । गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाबाट अहिलेसम्म विश्वका २१० देश प्रभावित भइसकेका छन् ।

संक्रमण र मृत्युदरमा कमी नआए पनि निको हुने कोरोना संक्रमितको संख्या पनि बढ्दो छ । आज बिहानसम्म विश्वभर ४ लाख ४३ हजार संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

लुम्बिनी : माओवादी केन्द्र रोजेकी प्रदेश सांसद बिमला ओलीलाई एमालेले सोध्यो स्पष्टीकरण

दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीन दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान...

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका...

प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन...

संविधान संशोधनमा १२ सांसद अनुपस्थित

काठमाडौं, ३१ जेठ-भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग राखेर नेपालले निसान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधन विधेयकको मतदान प्रकियामा उपस्थित २५८ मध्ये सबैले पक्षमा मतदान गरे । प्रतिनिधि सभामा तत्काल कार्यम...

आज २६३८ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८  नयाँ...

भाडादर नटाँस्ने सार्वजनिक सवारीलाई कारबाही गरिने

काठमाडौं, १५ कात्तिक-महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने भएको छ । हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४ सय २९ वटा सवारी साधनहरूमा...

जब मुख्यमन्त्री राईले मन्त्रालयकै गरे अनुगमन…

विराटनगर, ९ साउन–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्