मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता, सुवेक्षा र प्रतिभा भए प्रथम
आइतबार, ०९ मंसिर, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका डाइरेक्टर प्रदीप भगतले बताए । मेरिल्याण्ड कलेजको वार्षिक क्यालेण्डर अन्तरगत नै अरु अतिरिक्त क्रियाकलाप जस्तै उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल बताए ।
‘विद्यार्थीहरुमा धेरै अन्तरनिहित कलाहरु लुकेर बसेका हुन्छन् र त्यो कलालाई बाहिर ल्याउन कलेजले वर्षभरि विभिन्न प्रतियोगिता आयोजना गर्ने गरेको छ,’ प्रिन्सिपल ढकालले भने । प्रतियोगिता अंगे्रजी र नेपाली दुबै माध्ययममा आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालीतर्फ सुवेक्षा बिस्ट प्रथम, भावना लखोटिया द्वितिय, प्रज्ञा कटुवाल तृतिय र ज्योती शाह र प्रशान्त कुमार यादवले चौथो स्थान प्राप्त गरेका थिए । त्यस्तै अंग्रेजीतर्फ प्रतिभा शाह प्रथम, विभुती खनाल द्वितिय, दीया लड्डा तृतिय र गिरिस गोल्छा र सिम्रन पोद्दार चौथो स्थान हाँसिल गर्न सफल भएका छन् । प्रतियोगितामा नेपालीतर्फको निर्णायक मनिष पोखरेल र अंग्रेजीतर्फको दीपेश भगतले गरेका थिए ।
विराटनगर, १७ माघ । पाँचदलिय गठबन्धन नेतृत्वको प्रदेश सरकारले चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय मात्र सार्बजनिक गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सत्ता गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयहरु फुटाएर १२ वटा बनाउने...
विराटनगर, ८ भदा–खेतमा लगाएका धानबालीमा गवारो लागेपछि किसान चिन्तित बनेका छन् । गवारोका कारण पोटा लाग्ने धानको गुवो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् । धेरै मेहनत र लागत लगाएर किसानले लगाएको धानबालीमा गुवो काटिएको...
नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...
विराटनगर । विराटनगरस्थित जेसी बाल सदन स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुलमा परिसरमा शनिबार खाना महोत्सव, कलाकृति तथा विज्ञान प्रर्दशनी आयोजना गरिएको हो । प्रर्दशनीमा विद्यार्थीहरुले बनाएको खानाको परिकारको साथै विज्ञानसँग सम्बन्धीत विभिन्न...
विराटनगर, फागुन ३०–विभिन्न सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको परिवर्तनका लागि हातेमालो विराटनगरले आफ्नै शरिरमा लगाएको लुगाबाट सल्किएको आलो लागेर घाईते ५ वर्षिया दलित बालिकाको उपचारमा सहयोग गरेको छ । हातेमालोले शरिरमा आगो लागेर घाइते...
काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय...
काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन...