ईसीडी इकोसिस्टम सम्मेलन विराटनगरमा हुँदै, १५ बढी देशका अनुसन्धानकर्ताको सहभागि रहने

 न्यूज विराट
ईसीडी इकोसिस्टम सम्मेलन विराटनगरमा हुँदै, १५ बढी देशका अनुसन्धानकर्ताको सहभागि रहने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक प्रारम्भिक बाल्यकाल विकासको परिकल्पना – नेपाल ईसीडी इकोसिस्टम विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

विश्वविद्यालयले विराटनगरमा बिहीबार पत्रकार सम्मलेन गरी मंसिर २१ र २२ गते विराटनगरस्थित विग होटलमा उक्त सम्मेलन हुने भएको हो ।

यस सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने प्रा.डा. अनिल कुमार पोखरेलले जानकारी दिए । नेपालमा प्रथम पटक आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखिएका उनले बताए । ‘यस सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदिमा छलफल हुनेछ,’ प्राडा पोखरेलले भने । सम्मेलनमा विभिन्न विषयमा ४० भन्दा बढी सहभागीहरुले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै यस क्षेत्रमा कार्यरत विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुबाट किनोट स्पिज तथा विविध प्रकारका कार्यशालाहरु समेत आयोजना गरिएका छन् ।

‘बालबालिकाहरूका सर्वाङ्गिण विकासका अवसरहरूको गुणस्तर र पहुच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुने छ । सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरुबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहने गरी इसिडी सम्बन्धि अध्ययन अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ,’ प्राडा पोखरेलले भने, ‘यस कार्यक्रमले बालविकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरुको पहिचान गर्नेछ ।’ सम्मेलन आयोजनाका लागि काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन लगायतका विभिन्न संघ संस्थाहरुको सहयोग रहेको छ । सम्मेलन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा मंसिर २१ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलन गर्नको लागि ३० लाख खर्च हुने अनुमान गरिएको छ । २ सय बढीको सम्मेलनमा सहभागि रहने बताइएको छ ।

सम्बन्धित समाचार

इटहरीमा कर्मघरबाट गरियो बुहारीको कन्यादान

विराटनगर । सुनसरीको इटहरी नगरपालिका वडा नं २ का पुण्य पौडेल र उनकी आमा जानुका पौडेलले बुहारीको विवाह गरिदिएका छन् । बुहारी ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार विहीबार कन्यादान गरी विवाह भएको हो...

तिहारमा पूर्वसावधानी पालना गर्न झनै जरुरी : राष्ट्रपति

काठमाडौं, १ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । दीपावलीका असरमा सोमबार शुभकामना सन्देश जारी गर्दै...

सामाजिक सञ्जालमा मुस्लिम समुदायविरुद्ध भ्रम फैल्याउनेलाई कारवाहीको माग

विराटनगर, जेठ ७–सामाजिक सञ्जालमा मुस्लिम समुदाय विरुद्ध अपमान जनक टिका टिप्पणी गर्ने माथि कारवाही गर्न मुस्लिम संगठन नेपालले सरकारसँग माग गरेको छ । केही समययता सामाजिक सञ्जालमा सिंगो मुल्लिम समुदायका विरुद्धमा भ्रम छर्दै धर्म विषेशलाई...

कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन

काठमाडौं, माघ २२–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बन भएको छ । नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्न पदमा बसी भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

सरकारले दियो निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

काठमाडौं, १६ पुस । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक...

लखिमपुर हिंसा : पूर्व मुख्यमन्त्री अखिलेश यादव पनि पक्राउ

लखिमपुर हिंसा प्रकरणपछि लखनऊस्थित आफ्नै निवासमा धर्नामा बसेका उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई पनि प्रहरीले हिरासतमा लिएको छ । यसअघि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई लखिमपुर जाने क्रममा प्रहरीले बाटोबाटै पक्राउ गरेको थियो ।...

नीति तथा कार्यक्रम माथिको छलफल आइतबार र सोमबार

काठमाडौं, ३ जेठ-कार्यव्यवस्था परामर्श समितिले जेठ ४ र ५ गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साभमुख अग्निप्रसाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्