विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज शनिबार साझमा विराटनगरमा हुने भएको छ ।
जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सिटी प्यालेसमा हुने प्रतियोगिता भव्य र सभ्य तरिकाले हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।
प्रतियोगिताको फाइनलमा विराटनगर, इटहरी, धरानसहित विभिन्न शहरका प्रतियोगिहरुको सहभागिता छ । उनीहरुले विभिन्न चरणका अडिसनबाट छनौट हुँदै फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका प्रतियोगिहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिएको छ । प्रतियोगिताको बिजेताले नगद र विभिन्न गिफट ह्याम्परहरु प्राप्त गर्नेछन् ।
छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका हुन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका थिए । बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । विगतको वर्षहरुमा जस्तै यो पटक पनि भव्य र सभ्य तरिकाले सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने अध्यक्ष रायले बताए ।
विराटनगर । मोरङ कारागारका चौकिदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न मागसहित कारागार व्यवस्थापन विभागसहित तीन वटा निकाय विरुद्ध हालेको रिट ‘हेर्न नमिल्ने’ भनी माघ १२ गतेको लागि...
काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ ।...
भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि...
सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार...
काठमाडौं, ३ मंसिर । ५ सय ८० वर्षपछि लामो अवधिको चन्द्रग्रहण आज लाग्दै छ । तीन घण्टा २८ मिनेट २४ सेकेन्ड अवधिकाे यो चन्द्रग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाग्ने छ । यो...
एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...
विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...
विराटनगर, ९ भदौ-कोरोना महामारीको बेला रोजगारी र पारिश्रमिक कटौती गरेको भन्दै विराटनगरका सरसफाईकर्मीहरु आन्दोलित भएका छन् । विराटनगर महानगरपालिका र वेष्ट म्यानेजमेन्ट गु्रपको संयुक्त साझेदारीमा सञ्चालित फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण कार्यक्रमअन्तर्गत कार्यरत १ सय...