कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

 न्यूज विराट
कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा कार्यक्रम बिहीबार सार्वजनिक गरिएको हो ।

कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि छिमेकी देशको मुख्य सहरमा‘टुरिजम सो’ गर्ने योजना बनाएको छ ।
सरकारले क्यासिनो विकासदेखि गाँजा उत्पादनलाई न्यूनतम साझा कार्यक्रममा समेटेको छ । गत असोज ६ गते गठन भएको कार्यदलले तय गरेको न्यूनतम साझा कार्यक्रममा क्यासिनोको विकास र गाँजादेखि घरेलु मदिराको ‘ब्राण्डिङ’लाई समावेश गरेको हो ।

मन्त्रीसहित कांग्रेस र एमालेका ३–३ जना रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार पारेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको थियो ।

मुख्यमन्त्रीलाई बुझाइएको न्यूनतम साझा कार्यक्रममा प्रदेशमा विदेशी पर्यटकको आकर्षणका लागि क्यासिनोको विकास गर्ने नीति सरकारले लिएको छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । अनुगमन नहुँदा नेपालीहरु निर्वाध रुपमा क्यासिनोमा प्रवेश गर्छन् । भएका क्यासिनो व्यवस्थित गर्न नसकेको अवस्थामा सरकारले क्यासिनो विकास गर्ने नयाँ कार्यक्रम बनाएको हो । कार्यदलका सदस्य तथा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि साझा कार्यक्रममा क्यासिनोको विषय समावेश गरिएको जानकारी दिए ।

पर्यटन क्षेत्रको विकासका लागि छिमेकी देशका मुख्य सहरहरुमा ‘टुरिजम सो’ गर्नेदेखि प्रदेशमा भौतिक संरचना विस्तार, विराटनगर र भद्रपुरबाट अन्तरदेशीय उडान तथा ‘माउण्टेन फ्लाइट’ गर्नेलगायत सरकारको प्राथमिकतामा परेका छन् । खुर्कोट– चतरा, तुम्लिङटार – चतरा र ताप्लेजुङ तमोर दोभान– चतरा जल यातायातको सम्भाव्यता अध्ययन गर्ने सरकारको तयारी छ ।

प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमको सूचीमा राष्ट्रिय आय र नागरिकको आयमा वृद्धि गर्न व्यवस्थित ढंगले गाँजा खेती उत्पादन गर्न तथा स्थानीयस्तरमा उत्पादन हुने रक्सी ‘ब्राण्डिङ’ गरी दुवै वस्तुलाई मान्यता दिलाउन संघीय सरकारसँग समन्वयात्मक पहल र प्रयत्न गर्ने उल्लेख छ ।

८ पेज लामो कार्यक्रममा १५ वटा नीति र ५ उप उपशीर्षकमा ७५ वटा उपबुँदा राखिएको छ ।

सरकारले गर्भवती तथा सुत्केरी महिला र १० वर्षमुनिका बालबालिकाको उपचारलाई प्रभावकारी बनाउने र उपचार निःशुल्क गर्ने विषयलाई विकेन्द्रीकृत गर्दै सेवा विस्तार गर्ने, शैलेजा आचार्य हृदय रोग केन्द्र विराटनगरलाई नयाँ ढंगले सञ्चालन गर्ने लगायत प्राथमिकता छन् ।

सरकारले विद्यालय शिक्षालाई उत्पादनसँग जोड्नका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यदलले बनाएको साझा कार्यक्रमलाई आधार बनाएर सरकारले काम गर्ने बताए ।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।

सम्बन्धित समाचार

हुस्सु बढेपछि दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै मोरङ ट्राफिक

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको...

करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, २४ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका-५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको...

प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बन्दै, भोली सपथग्रहणको तयारी

विराटनगर, २२ माघ ।  प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् । प्रदेश १ को सत्ता गठबन्धनमा...

सरकारी छाप कीर्ते गरेर फरार १८ वर्षपछि पक्राउ

झापा, ३ मंसिर । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले...

प्रदेश १ मा ६ सय ५३ जनाको नमुना परिक्षण

विराटनगर, बैशाख २–प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म...

‘लक डाउन’ अवधिभर मजदुर तथा विपन्नलाई खाद्यान्नको व्यवस्था हुनपर्छः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत १६–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गरेर जिवनयापन गर्ने विपन्न सुकुम्बासी परिवारलाई तीनै तहका सरकारबीचको समन्वयमा खाद्यान्न उपलब्ध गराउनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको...

ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको प्रथम विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रथम भएको...

मोरङको ग्रामथानमा दुर्घटना, तीन जना घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् । ग्रामथान २ मा को १ त ६६६६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्