अन्तर विद्यालय पौडी प्रतियोगिता, एभरेष्टले जित्यो १७ स्वर्ण
आइतबार, ०६ असोज, २०८१,
न्यूज विराट
विराटनगर । विराट स्वीमिङ ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न विराटनगर अन्तर विद्यालय पौडी प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले १७ स्वर्ण जितेको छ ।
एभरेष्टले प्रतियोगितामा खेलाईएका ३३ इभेन्ट मध्ये १७ वटामा स्वर्ण पदक जितेको हो । विराटनगरकै लिलिपुट र श्रीश्री रबिशंकर स्कुलले ४–४ स्वर्ण पदक जित्दा बिकेभीएम र दिल्ली पब्लिक स्कुल ( डीपीएस) स्कुलले २–२ वटा स्वर्ण जितेका छन् ।
यस्तै सेन्ट म्यारी, सेन्ट जोसेफ, ह्याप्पी किड्स र सिद्धार्थ स्कुलले १–१ स्वर्ण जितेको ट्रेनिङ सेन्टरका सचिव सागर भट्टराईले जानकारी दिए । उनका अनुसार २५,५०,१००,२००,४०० र १५०० मिटरका विभिन्न स्पर्धाहरु सम्पन्न भए ।
एभरेष्ट स्कुलको स्वीमिङ पुलमा भएको प्रतियोगितामा विराटनगरका १० विद्यालयले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन सञ्चालन भएको थियो ।
अन्तर विद्यालय पौडी प्रतियोगितालाई उद्घाटन गर्दै प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले कोशी प्रदेशमा पौडी खेल प्रवर्धनका लागि विराट स्वीमिङ ट्रेनिङ सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले पौडी खेलको प्रवर्धन गर्दै यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक रहेको समेत औल्याए ।
धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...
सप्तरी, ११ कात्तिक-संविधानसभाका पूर्वसदस्य (सभासद्) मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका- ४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनी कोरोना संक्रमणपछि बीपी प्रतिष्ठानमा...
विराटनगर, १९ भदौ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनिल शर्माबिच प्रतिष्पर्धा हुने पक्का भएको छ । सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई...
काठमाडौं, जेठ ४-भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरूप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो...
प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टीका लगाएका छन्। शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले टीका लगाएका हुन् । श्रीमती आरजु राणा देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । साथमा प्रधानमन्त्रीका...
विराटनगर, ८ वैशाख-प्रदेश १ मा सोमबारसम्म ३ हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए/नभएको धमाधम परीक्षण गरिरहेको छ ।...
काठमाडौं, २३ असोज-सरकारले पीसीआरको रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । पीसीआरको लागि स्वाब दिने तर बाहिर हिँड्ने गरेको पाइएकाले रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता...
विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण घटेको छैन । बरु यो आकर्षण अहिले पनि नघटी वरु अझ बढ्दो छ । पढाइ सक्ने बित्तिकै रोजगारी सहज रुपमा पाउने भएपछि इन्जिनियरिङप्रति आकर्षण बढेर गएको हो । विद्याथीको...