विराटनगर । अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको बूढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भएकी छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले बिहीबार आयोजना गरेको ‘युवाहरूको विदेशमोह र देशको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै सेविका प्रथम भएकी हुन् ।
कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार निर्मला कोइरालाको निर्णायक समितिले अर्पण सेकेण्डरी स्कुलकी प्रश्ना खड्कालाई द्वितीय र सिद्धार्थ शिशु सदनकी स्वामिका ढकाललाई तृतीय घोषणा गरेको थियो । त्यस्तै प्रतियोगितामा डन बस्को सेकेण्डरी स्कुलकी छात्रा सुष्मा बुढाथोकी र ग्रिनल्याण्ड सेकेण्डरी स्कुलका मयाङ्क मिश्र सान्त्वना भएका थिए । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई विद्यालय–विद्यालयबीचको सम्बन्ध प्रगाढ बनाउँदै विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए । अबदेखि शिक्षा दिवसका अवसरमा हरेक वर्ष वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने उनको भनाइ थियो । विजेता विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, कोषाध्यक्ष राजेश आचार्य, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल, वरिष्ठ सल्लाहकार सावित्री पराजुली, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, सचिव अशोक लामा, सहसचिव हिरा थापा, कोषाध्यक्ष नन्दलाल मण्डल, सहकोषाध्यक्ष गोपाल रिजाल, सदस्य यादव प्रधान, निर्णायकद्वय मीनकुमार नवोदित, निर्मला कोइराला, आयोजक विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठ, निर्देशक भरत सापकोटालगायतले पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरेका थिए ।
प्रतियोगितामा विजयी हुनेहरूलाई क्रमशः ५, ३, २ र १ हजार नगद पुरस्कारका साथ प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । सहभागी सबै विद्यार्थीलाई मायाको चिनोसमेत प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले बताए । सम्बोधन, विषय प्रवेश, विषयको सान्दर्भिकता, मौलिकता, पुष्ट्याइँ, भाषाशैली, प्रस्तुतीकरण, निष्कर्ष, समय पालनलगायतलाई आधार मानेर निर्णय गरिएको प्रतियोगिताका प्रमुख निर्णायक नवोदितले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्ने पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले पाठ्यपुस्तकको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरे । उनले आगमी दिनमा पनि यो कार्यक्रमलाई निरन्तार दिएर अगाडी बढने बताए ।
सरकारले ‘लक डाउन’ सुरु गरेको आज तेस्रो मोरङ प्रहरीले ८८ वटा विभिन्न सवारी साधा नियन्त्रणमा लिएको छ ।बुधबार लक डाउन उल्लंघन गर्ने २ सय बढी सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले बिहिबार अपराहन्न सम्म ८८...
विराटनगर, बैशाख २०-विराटनगरको नोबेल मेडिकल कलेज अस्पतालले उदयपुरको भएकै कारण अर्का एक बिरामीको उपचार गर्न इन्कार गरेको छ । यसअघि सुत्केरी महिलाको उपचार गर्न अस्वीकार गरेको अस्पतालले हातको अपरेसनका लागि भर्ना गरिएका एक बिरामीलाई उदयपुर...
विराटनगर, चैत २३-विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ । सिभिल बैंक प्रदेश...
विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...
विराटनगर, १५ माघ । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्लेको समूहको चुनावी अभियान आक्रमक देखिएको छ । आफ्नो चुनावी प्रतिवद्धता सुनाउँदै अध्यक्षको उम्मेदवार काफ्लेको समूहको अभियान तिव्र...
विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले माग गरेका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा...
डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...